बेलायतबाट नयाँ नेपाली मिडिया : प्रधान सम्पादक नवीन पोखरेल, सम्पादक ध्रुवराज अर्याल


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

लन्डनस्थित नेपाली पत्रकारहरुको एउटा समूहले नयां अनलाइन न्यूज पोर्टल सञ्चालनको तयारी गरेको छ । नेपाली लिंक लिमिटेडले नेपाली नयां वर्ष २०७७, बैशाख १ गते देखि ‘नेपाली लिंक डटकम’ सञ्चालन गर्ने भएको हो ।

बेलायतमा व्यवसायिक पत्रकारिताको अभाव खट्किरहंदा नेपालका राष्ट्रिय मिडियाहरुमा कार्यरत अनुभवी पत्रकारहरुको समूहले अनलाइन शुरु गर्न लागेको हो ।

उक्त टिममा लामो समयदेखि पत्रकारितामा क्रियाशिल कान्तिपुरका लागि बेलायत संवाददाता नवीन पोखरेल, अन्नपूर्ण पोष्टका बेलायत संवाददाता ध्रुवराज अर्याल, रातोपाटीका बेलायत संवाददाता नरेन्द्र बस्नेत लगायत संलग्न छन् ।

‘विदेशस्थित नेपालीहरुको प्रतिनिधिमुलक आवाज बन्न हाम्रो कोशिस रहनेछ’, नेपाली लिंकका प्रधान सम्पादक नवीन पोखरेलले भने, ‘बेलायतका गतिविधिबाहेक मल्टी मिडिया र अंगेजी सामग्रीलाई समेत प्राथमिकता दिने हामो योजना छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

को को छन् टीममा ?

नेपाली लिंकका प्रधान सम्पादक नवीन पोखरेल मुलधारको नेपाली पत्रकारितामा विगत डेढ दशकदेखि नियमित क्रियाशिल छन् । कान्तिपुर दैनिकका बेलायत संवाददाता उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन् । उनी कान्तिपुर टेलिभिजनमा पनि आबद्ध छन् । यसअघि बेलायतबाट संचालित अनलाइन पोर्टल वीनेपाली डट कममा प्रधानसम्पादक रहेका पोखरेल त्यसअघि लामो समय युरोपको नेपालीपत्रका पनि सम्पादक हुन् ।

विशेष गरि मानवीय चासो र विकृति विसंगतिबारे रिर्पोटिङ गर्न चासो राख्ने पोखरेल आफ्नो व्यवसायिक दक्षता, मिलनसार र इमान्दारिताले बेलायतस्थित नेपाली समुदायमा स्वच्छ छवी बनाउन सफल पत्रकार मानिन्छन् ।

त्यस्तै, नेपाली लिंकका सम्पादक तथा निर्देशक ध्रुवराज अर्याल पनि बेलायतका स्थापित पत्रकार हुन् । बेलायतमा रहेर एक दशक भन्दा लामो समय सक्रिय पत्रकारिता गरेका अर्याल अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका बेलायत संवाददाता छन् ।

यसअघि उनले लामो समय बेलायतबाट प्रकाशित नेपालीपत्रको सम्पादकको जिम्मेवारी सम्हालेका थिए । एबिसी टेलिभिजनबाट पत्रकारिता शुरु गरेका उनले नेपाली टिभी यूकेमा समेत केहि वर्ष काम गरेका थिए । पत्रकार महासंघ यूकेमा अहिले उनी वरिष्ठ उपाध्यक्ष छन् ।

नेपाली लिंकका मल्टिमिडिया सम्पादक नरेन्द्र बस्नेत पनि अनलाइन तथा रेडियो पत्रकारितामा अनुभवी छन् । रातोपाटी अनलाइनका बेलायत संवाददाता बस्नेत बेलायतबाट संचालित गोर्खा रेडियोका संचालक पनि हुन् । पत्रकार महासंघ यूकेमा उनी उपमहासचिव छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com