मेक्सिकोबाट विना जाँच सिमा पार गरेर आउनेलाई एसाइलम नदिने नियम कार्यान्वयनमा रोक


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

मेक्सिकोबाट विना जाँच सिमा पार गरेर अमेरिका आउने कागजपत्रविहिनहरु एसाइलम आवेदन दिन अयोग्य हुने ट्रम्प प्रशासनको नियम कार्यान्वयनमा अदालतले रोक लगाएको छ । नवौं सर्किट कोर्टको आजको आदेशले सिमाक्षेत्रको पोर्ट अफ इन्ट्रीबाहेकका क्षेत्रबाट विना जाँच प्रवेश गर्नेलाई एसाइलमका लागि अयोग्य बनाउने नियम कार्यान्वयनमा रोक लगाएको हो ।

अदालतमा तीनजना न्यायाधिसले निर्विरोध रुपमा यो नियम कार्यान्वयनमा रोक लगाएका हुन् । संघीय अदालतले नियम कार्यान्वयनमा रोक लगाएकोमा पुनरावेदनले रोक लगाउने उक्त आदेशलाई सही ठहर गरेको हो ।

यो नीति कहिलेसम्म कार्यान्वयनमा रोक लाग्ने भन्ने कुरा निश्चित छैन । किनभने ट्रम्प प्रशासन यो आदेशबिरुद्ध सर्वोच्च अदालतमा जाने सम्भावना रहेको छ । सर्बोच्चले अधिकांश अध्यागमनका मुद्दामा ट्रम्प प्रशासनकै साथ दिदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले एसाइलमको नीतिमा सुरुदेखि नै निकै कडाई गर्दै आएको छ । अमेरिकामा एसाइलम खोज्नेलाई तेश्रो मुलुक पठाउन सकिने नीति अहिलेपनि कार्यान्वयनमा रहेको छ ।

यो नीति अन्तरगत अमेरिकाले कैयन एसाइलम आवेदकलाई तेश्रो मुलुक पठाइसकेको छ । जसको आप्रवासी अधिकारकर्मीहरुले चर्को विरोध समेत गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com