अमेरिकाबाट बिरामी बुबा भेट्न जान नसकेका कागजपत्रविहिनको कथामा आधारित ‘आमा’ अमेरिकामा


प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

निर्देशक दीपेन्द्र के खनालबाट निर्देशित नयाँ नेपाली फिल्म आमा गत शुक्रबारदेखि नेपाल र अमेरिकाको डलास टेक्सासमा एकैसाथ रिलीज भएको थियो। चलचित्रका मुख्य पात्रहरू चर्चित अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्त हुन्। चलचित्रले केही महिना अघि नेपाली समाचार पोर्टलमा हेडलाइन बनायो जब अभिनेत्री सुरक्षा पन्तले चलचित्रका लागि कपाल खौरिन्।

चलचित्रको सबै दर्शकहरुले प्रशंसा गरेका छन् । चलचित्र हेर्दा दर्शकहरुले आँशु रोक्न नसकेको बताएका छन् । हालैको एक भिडियोमा पत्रकार रवि लामिछाने चलचित्र समीक्षाको क्रममा रोएका थिए भने केही समय पहिले आमा गुमाएकी अभिनेत्री रिचा शर्माले क्यामेराको सामना गर्न पनि सकिनन् ।

यो चलचित्र एउटै आमा र बिरामी पतिको कथा हो । यो एउटा त्यस्ता छोराको कथा हो , जो अमेरिकामा कागजपत्रविहिन भएर बसेका कारण बुवालाई भेट्न जान सक्दैनन् ।

यस हप्तामात्र नेपाल ११ एन्टरटेन्मेन्टले टेक्सासमा २१ पटक चलचित्रको प्रदर्शन गरेको छ । टेक्सास नेपालीको बाक्लो उपस्थीति रहेको क्षेत्र हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दर्शकको मागकका कारण चलचित्र दोश्रो सातापनि प्रदर्शन हुने भएको छ । दोश्रो साता टिकटको मुल्य पनि केही कम राखिएको छ । नयाँ टिकट मूल्य वयस्कहरुका लागि १२ डलर, बुढाबुढीका लागि १० डलर र बच्चाहरुका लागि ६ डलर रहेको छ ।

अमेरिकामा नेपाली चलचित्र वितरक पेट्रिक सुवेदीले यो चलचित्र आफूहरुले अमेरिकामा प्रर्दशन गरेको सबैभन्दा उत्कृष्ट चलचित्र रहेको बताएका छन् ।
चलचित्र ह्युस्टन, अस्टिन, सान फ्रान्सिस्को, न्युयोर्क र अन्य शहरहरूमा पनि प्रदर्शनको तयारी भइरहेको छ ।

नेपाल ११ एन्टरटेन्मेन्ट र अत्रेया प्रोडक्शनले अमेरिकामा वितरण जिम्मा लिएको छ । आफ्नो शहरमा देखाउन चाहनेले [email protected] वा 214-436-0854 मा सम्पर्क गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com