डिभी लोटरी जस्तै भर्न सकिने कामदारभिसाका लागि खुल्यो अनलाइन एकाउन्ट, दर्ता मार्च १ बाट


प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले मार्च १ देखि अनलाइन दर्ता सकिने कामदार भिसा एचवान बीको आवेदनका लागि सोमबारदेखि एकाउन्ट बनाउन मिल्ने सुविधा प्रदान गरिसकिएको छ । अहिले रोजगारदाताहरु र उनीहरुका कानुनी प्रतिनिधिहरुले धमाधम अनलाइन एकाउन्ट बनाइरहेका छन् ।आवेदक र प्रतिनिधिहरुले युएससीआईएसको वेवसाइटमा गएर अनलाइन एकाउन्ट बनाउनसक्नेछन् ।

आवेदनहरु तयार गर्न र लाभग्राहीको विवरण हाल्न मार्च १ भन्दा अगाडि पनि सकिनेछ तर १० डलर शुल्क तिरेर युएससीआईएसमा औपचारिक दर्ता गर्नका लागि भने मार्च १ को अपरान्हसम्म कुर्नुपर्नेछ । प्रारम्भिक दर्ता अवधि मार्च २० सम्म जारी रहने युएससीआईएसले जनाएको छ ।

उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो ।

पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।

यदि तपाई आवेदक हुनुहुन्छ भने अनलाइन एकाउन्ट बनाएर दर्ता गर्ने प्रकृया यो भिडियोमा हेर्नुहोला ।

यदि तपाई कानुन व्यवसायी वा प्रतिनिधि हुनुहुन्छ भने अनलाइन एकाउन्ट बनाएर दर्ता गर्ने प्रकृया यो भिडियोमा हेर्नुहोला ।

अनलाइन एकाउन्ट बनाउन र दर्ता गर्न मार्च २० सम्म नै सकिनेछ । छनौट प्रकृया दर्ता प्रकृया समाप्त भएपछिमात्र सुरु हुने भएकाले आवेदन मार्च १ मा नै पठाउन अनिवार्य नभएको युएससीआईएसले जनाएको छ ।

मार्च २० सम्म प्रयाप्त आवेदनहरु प्राप्त भएको खण्डमा दर्ता प्रकृया बन्द गरिनेछ । त्यसपछि लोटरीमार्फत छनौट गरेर मार्च ३१ मा आवेदकलाई सुचित गरिने जनाइएको छ । त्यसपछि छनौट भएकाहरुले मात्र बाँकी प्रकृया गर्न पाउनेछन् ।

एचवानबी काममदार भिसाबारे थप थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

एउटै आर्थिक बर्षमा एउटै व्यक्तिका लागि एउटा भन्दा बढी आवेदन दिएको खण्डमा त्यस्ता आवेदनहरु स्वत अस्वीकृत हुनेछन् । तर छनौट नभएकाहरुको सन्दर्भमा छनौट नभएको भनेर स्टाटस राखिने छैन । किनभने आर्थिक बर्षमा कुनै कारणवश भिसा नम्बर बढाउनुपर्नेभएमा होल्डमा राखिएकाहरुबाट पुन छनौट गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com