विदेशमा नेपालीको एउटै पहिचान ‘नेपाली’


प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार

न्युयोर्कमा रहेका नेपाली महावाणिज्यदूतावासमा कार्यरत वाणिज्यदूत गणेश अधिकारीले विदेशमा नेपालीको एउटै पहिचान नेपालीमात्र रहेको र त्यही पहिचान कायम गर्नका लागि उक्त देशको कानुनको पालना गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा नेपाली समाज अमेरिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अधिकारीले नेपालीका रुपमा पहिचान कायम गर्नका लागि विदेशमा रहेका सबै नेपालीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जनले अमेरिकामा आदिवासीहरुको पहिचानका आधारमा राज्यको स्थापना गर्दा कसैलाई घाटा नभएको र त्यसबाट नेपालले पनि सिक्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा सबै नेपालीको पहिचान फरक फरक भएपनि अमेरिकामा नेपालीको पहिचान केवल नेपालीका रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष बीआर लामाले अमेरिकामा नेपालीको पहिचान र अस्तीत्व स्थापनाका लागि आगामी जनगणनामा सकृय सहभागिता जनाउन अमेरिकामा रहेका नेपालीहरुलाई आब्हान गर्नुभयो । उहाँले आफ्नै उदाहरण दिदै गाउँमा आफ्नो पहिचान तामाङभित्रको पनि थरबाट हुने, अलिक माथि गाउँबाट हुने, देशमा तामाङबाट हुने भएपनि देशबाहिर आइसकेपछि केवल नेपालीका रुपमा मात्र पहिचान हुने बताउनुभयो ।

शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले अमेरिकामा विगतका जनगणनामा सबै नेपालीहरु सहभागी नभएका कारण नेपालीको कमसंख्या देखिएकाले आगामी जनगणनामा सबै नेपालीहरुलाई सहभागी हुन अनुरोध गर्नुभयो ।

शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरु लिनका लागि र आफ्नो पहिचानका लागि समेत जनगणनामा उपयुक्त संख्या देखिनु आवश्यक भएकाले विभिन्न सरकारी सुविधाबाट वञ्चित नहुन जनगणना आवश्यक भएको उहाँले बताउनुभयो । जनगणनामा कागजपत्रविहिनसमेत सहभागी हुनुपर्ने र उनीहरुको विवरण सेन्सस ब्यूरोले अन्य निकायलाई नबाड्ने भएकाले डराउनु नपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका पूर्व महासचिव राधाकृष्ण देउजा, एनआरएनए अभियन्ता सूर्य लम्साल, जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपाध्यक्ष अमर तामाङ, फिप्नाका अध्यक्ष लोक चेम्जोङ, घ्याल्सुम्दो सेवा समिति अमेरिकाकी अध्यक्ष निमा लामा, नेपाली समाज अमेरिका डिसी, म्यारिल्याण भर्जिनिया च्याप्टरका अध्यक्ष मिलन राई लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा नेपाली समाज अमेरिकाकी निला लिम्बुले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको संचालन नेपाली समाज अमेरिकाकी महासचिव मनु लोहोरुङ राईले गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com