स्पेन नेपाली एकता समाजले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझायो


प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार

बार्सीलोना / स्पेन नेपाली एकता समाजले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ ।

जेनेभाको एक कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जाने क्रममा स्पेनको बार्सिलोलामा आयोजित एक अन्तरक्रियामा सहभागी मन्त्री ज्ञवालीलाई एमसीसी सम्झौता खारेजीको मागसहितको ज्ञापनपत्र बुझाइएको हो । स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले मन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो ।

एमसीसी सम्झौता र नेपाली कानुन बाझिएमा एमसिसी सम्झौता लागू हुनेछ र बाझिएको हदसम्म नेपाली कानुन निस्क्रिय हुनेजस्ता गम्भीर खालका प्रावधान राखिएकाले उक्त सम्झौता खारेजीको माग राखिएको ज्ञापनपत्रमा उल्लेख छ ।

कार्यक्रमको खर्चको अडिटिङ अमेरिकी संस्थाले मात्र गर्ने जस्ता आपत्तिजनक र राष्ट्रघाती प्रावधानहरु कुनै पनि स्वाभिमानी नेपाली र स्वाधीन राष्ट्रका लागि स्वीकार्य हुन नसक्ने भन्दै खारेजीको माग गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी समाजले देशमा भ्रष्टाचारको अवस्था भयावह बनेको जनाएको छ । समाजले देशमा हुने उन्नती र प्रगतिमा मात्र प्रवासी नेपाली खुशी हुन सक्छन् भन्दै  देशमा अनियन्त्रितरुपमा बढ्दै गइरहेको भ्रष्टाचार रोक्न माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ– ‘विदेशीसँग हात थापेर आउने रकम जति नै ठूलो भएपनि त्यसले गुणात्मक फड्को मार्न सक्दैन ।’

समाजले एनसेल लगायतका विभिन्न संस्थाले कर छली गरेको रकम असुलउपर, विद्युत प्रसारण लाइन, यातायात जस्ता भौतिक पूर्वाधारका कार्यक्रममा लगानी गर्न समेत आग्रह गरेको छ ।

स्वदेशमा रोजगारी नहुँदा नेपालीहरू विदेशिन बाध्य भएका लाखौं नेपालीलाई नेपालमै रोजगारी सिर्जना गर्र्न नेपालमै फर्किएर आफ्नो सीप, श्रम र क्षमता प्रयोग गर्ने वातावरण निर्माण गर्न समेत सरकारलाई माग गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com