कामदार भिसाका लागि सोमबारदेखि अनलाइन एकाउन्ट, मार्च १ देखि दर्ता

अमेरिकी सरकारको युएससीआईएसले मार्च १ देखि अनलाइन दर्ता सकिने कामदार भिसा एचवान बीको आवेदनका लागि सोमबारदेखि एकाउन्ट बनाउन सकिने औपचारिक घोषणा गरेको छ । आवेदक र प्रतिनिधिहरुले युएससीआईएसको वेवसाइटमा गएर अनलाइन एकाउन्ट बनाउनसक्नेछन् ।

आवेदनहरु तयार गर्न र लाभग्राहीको विवरण हाल्न मार्च १ भन्दा अगाडि पनि सकिनेछ तर १० डलर शुल्क तिरेर युएससीआईएसमा औपचारिक दर्ता गर्नका लागि भने मार्च १ को अपरान्हसम्म कुर्नुपर्नेछ । प्रारम्भिक दर्ता अवधि मार्च २० सम्म जारी रहने युएससीआईएसले जनाएको छ ।

उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो ।

पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।

Loading...

यदि तपाई आवेदक हुनुहुन्छ भने अनलाइन एकाउन्ट बनाएर दर्ता गर्ने प्रकृया यो भिडियोमा हेर्नुहोला ।

Loading...

यदि तपाई कानुन व्यवसायी वा प्रतिनिधि हुनुहुन्छ भने अनलाइन एकाउन्ट बनाएर दर्ता गर्ने प्रकृया यो भिडियोमा हेर्नुहोला ।

अनलाइन एकाउन्ट बनाउन र दर्ता गर्न मार्च २० सम्म नै सकिनेछ । छनौट प्रकृया दर्ता प्रकृया समाप्त भएपछिमात्र सुरु हुने भएकाले आवेदन मार्च १ मा नै पठाउन अनिवार्य नभएको युएससीआईएसले जनाएको छ ।

Loading...

मार्च २० सम्म प्रयाप्त आवेदनहरु प्राप्त भएको खण्डमा दर्ता प्रकृया बन्द गरिनेछ । त्यसपछि लोटरीमार्फत छनौट गरेर मार्च ३१ मा आवेदकलाई सुचित गरिने जनाइएको छ । त्यसपछि छनौट भएकाहरुले मात्र बाँकी प्रकृया गर्न पाउनेछन् ।

एचवानबी काममदार भिसाबारे थप थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

एउटै आर्थिक बर्षमा एउटै व्यक्तिका लागि एउटा भन्दा बढी आवेदन दिएको खण्डमा त्यस्ता आवेदनहरु स्वत अस्वीकृत हुनेछन् । तर छनौट नभएकाहरुको सन्दर्भमा छनौट नभएको भनेर स्टाटस राखिने छैन । किनभने आर्थिक बर्षमा कुनै कारणवश भिसा नम्बर बढाउनुपर्नेभएमा होल्डमा राखिएकाहरुबाट पुन छनौट गरिनेछ ।

भिडियो हेर्नुहोस्

Loading...



प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com