७० करोड टेप प्रकरणबारे गम्भीर छानविन र अनुसन्धान गर्न प्रवासी नेपाली एकता मंच अमेरिकाको माग


प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार

प्रवासी नेपाली एकता मंच अमेरिकाले ७० करोड टेप प्रकरणबारे गम्भीर छानविन र अनुसन्धान गर्न माग गरेको छ । संयोजक टेक गुरुङले वक्तब्य जारी गर्दै यस विषयमा गम्भीरता पुर्वक निस्पक्ष छानविन र दोषीलाई कारवाहीको माग गरेका छन् ।

अहिले चर्चामा रहेको सत्तरी करोड कमिसन सम्वन्धि अडियो टेपको विषयमा आफूहरु अनविज्ञ नरहेको तथा नेपाल वाहिर र भित्र रहने सम्पूर्ण नेपालीको ध्यान खिच्न सफल यस प्रकरणले अमेरिकामा क्रियाशिलअग्रणी सामाजिक सँस्था प्रवासी नेपाली एकता मंच अमेरिको गम्भीर ध्यानाकर्षण भएको वक्तब्यमा जनाइएको छ ।

वक्तब्यमा भनिएको छ – ‘यस विषयको गम्भीर छानविन र अनुसन्धान अनिवार्य छ र त्यसो गर्दा त्रुटी भएको देखिएमा त्यससंग सम्वन्धित ठुला साना सवैलाइ कडा कारवाही हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

‘हामी सवैको ध्यान तान्न सफल , देशको यति ठुलो धनराशीको सवाल जोडिएको यस विषयमा गम्भीरता पुर्वक निस्पक्ष छानविन गरियोस र दोषीलाइ कारवाही होस भन्ने हामि माग गर्दछौं । त्यति मात्रै नभएर देशको सुरक्षासंग समेत जोडिएको सेक्युरिटी प्रेस जस्तो गम्भीर महत्व र ठुलो वजेटको काम गर्दा आगामी दिनमा थप पारदर्शीता अपनाइयोस भन्ने माग समेत गर्दछौं ।’  वक्तब्यमा उल्लेख छ ।

यस प्रकरणमा मुछिएका संचारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com