आवेदकमध्ये झण्डै ५० प्रतिशत नेपालीलाई भिजिटर भिसा, एकबर्षमा पाउनेहरु १७ हजार बढी

आवेदकमध्ये झण्डै ५० प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटिर भिसा प्रदान गरेको छ । आर्थिक बर्ष २०१९ मा नेपालीका लागि अमेरिकाको भिजिटर भिसा अस्वीकृत दर ५० दशमलव ७० प्रतिशत रहेको अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । अर्थात् भिजिटर भिसाका कुल नेपाली आवेदकमध्ये ४९ दशमलव ३० प्रतिशतले भिसा प्राप्त गर्न सफल भएका छन् ।

२०१९ मा १७ हजार १ सय १४ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्रदान गरिएको छ । जसमध्ये बीवान बीटु पाउनेहरु १०७०, बी वानमात्र पाउनेहरु ३३ जना र बी टुमात्र पाउनेहरु ११ जना रहेका छन् ।

आर्थिक बर्ष २०१८ को तुलनामा २०१९ मा भिजिटर भिसा अस्वीकृत दर केही कम भएको छ । आर्थिक बर्ष २०१८ मा नेपालीको भिजिटर भिसा अस्वीकृत दर ५१ दशमलव ५३ प्रतिशत रहेको थियो ।

सन् २०१७ मा भने अस्वीकृत दरको तुलनामा स्वीकृत दर उच्च रहेको थियो । सन् २०१७ मा आवेदकमध्ये कुल ५३ दशमलव ५८ प्रतिशतले बी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०१६ मा पनि कुल नेपाली आवेदकहरुमध्ये भिसा नपाउनेको तुलनामा पाउनेहरुको संख्या बढी थियो ।

Loading...

काठमाडौंमा रहेको अमेरिकी दूतावासले आर्थिक बर्ष २०१९ मा १४ हजार ६ सय १४ जनालाई भिजिटर भिसा जारी गरेको छ । उक्त आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा ८८०, दोश्रो महिना नोभेम्बरमा ९०८ र तेश्रो महिनामा डिसेम्बरमा ९९९ जनालाई काठमाडौं दूतावासले बी भिसा जारी गरेको थियो ।

त्यस्तै सन् २०१९ को जनवरीमा ८७५, फरबरीमा ८९३, मार्चमा १३९०, अप्रिलमा १९६९, मेमा १८२८, जुनमा १४०८, जुलाईमा १२९८, अगस्तमा ११३५, सेप्टेम्बरमा १०३१ जनालाई काठमाडौं दूतावासले बी भिसा जारी गरेको थियो ।

Loading...

१८ हजार २ सय ७ जनालाई गैरआप्रवासी भिसा

आर्थिक बर्ष २०१९ को अवधिमा कुल गैरआप्रवासी भिसा पाउने नेपालीहरुको संख्या २१ हजार ३ सय ७३ रहेको छ  जसमध्ये काठमाडौंमा रहेको अमेरिकी दूतावासले १८ हजार २ सय ७ जनालाई गैरआप्रवासी भिसा जारी गरेको छ । जुन गतबर्षको तुलनामा ७९२ ले बढी हो । आर्थिक बर्ष सन् २०१८ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १७ हजार ४ सय १५ गैरआप्रवासी भिसा जारी गरेको थियो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासले आर्थिक बर्ष सन् २०१७ मा २१ हजार ८ सय ९३, सन् २०१६ मा २३ हजार ६ सय ७, सन् २०१५ मा १९ हजार ४९, सन् २०१४ मा १२ हजार ४ सय ४२, सन् २०१३ मा ९ हजार २ सय ४७, सन् २०१२ मा ८ हजार ४ सय ३८, सन् २०११ मा ८ हजार ३७ र सन् २०१० मा ८ हजार २ सय ७७ गैरआप्रवासी भिसा जारी गरेको थियो ।

१० बर्षको अवधिमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १ लाख १ हजार ४६ हजार ६ सय १२ गैरआप्रवासी भिसा जारी गरेको छ । आर्थिक बर्ष सन् २०१९ मा भने विश्वभरबाट अमेरिकाले ८७ लाख ४२ हजार ६८ गैरआप्रवासी भिसा जारी गरेको छ । जुन विगत ४ बर्षको तुलनामा सबैभन्दा कम हो ।

Loading...

दक्षिण एसियामा सबैभन्दा धेरै भने भारतमा रहेका दूतावास र कन्सुलेटहरुबाट गैरआप्रवासी भिसा जारी गरिएको छ ।

भिडियो हेर्नुहोस्


Loading...

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com