पार्कर खेलाडी दिनेश सुनारले शनिबार न्युयोर्कमा पाँचौं विश्वरेकर्डको प्रयास गर्ने


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

नेपाली पार्कर खेलाडी दिनेश सुनारले फरबरी २२ शनिबार न्युयोर्कमा पाँचौं विश्वरेकर्डको प्रयास गर्ने भएका छन् । चौथो विश्वरेकर्डको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा नै उनले पाँचौं विश्वरेकर्डको प्रयास गर्नेछन् ।

उनले ‘मस्ट फुल ट्वस्ट ब्याक समरसल्ट वीथ बर्पिज इन वान मिनेट’ मा नयाँ रेकर्डको प्रयास गर्नेछन् । त्यसका लागि न्युयोर्कको ज्याक्सनहाइट ७७ स्ट्रीटमा रहेको जुइस सेन्टरमा जीपीके फाउण्डेशन र ब्यालेन्स गु्रप इन्क अमेरिकाको आयोजनामा कार्यक्रम गरिदैछ ।

कार्यक्रम बेलुका ६ बजेदेखि ७ बजेसम्म हुने र स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहने जनाइएको छ ।

दिनेशले अमेरिकामा नै पार्कर खेलमा चौथो विश्व रेकर्ड कायम गरेका हुन् ।   दिनेशले ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड राखेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व रेकर्डका लागि अमेरिकाको भर्जिनियामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा भर्जिनिया, मेरिल्यान्ड र वासिगटन डिसी लगायतका राज्यबाट नेपालीहरु उपस्थीत रहेका थिए ।

गिनिज बुकका अहिलेसम्म उक्त विधामा एकघण्टाको अवधिमा जम्मा २ सय ब्याक फ्लिप्सको रेकर्ड रहेको छ ।

गिनिज बुकमा उनको नयाँ रेकर्ड यहाँ उपलब्ध छ ।

उनले पार्कर खेलमा नेपालबाटै  तीनवटा विश्वरेकर्ड कायम  गरेका थिए भने चौथो रेकर्ड अमेरिकामा राखे ।

पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको लागि अमेरिकामा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्ने सबैलाई दिनेशले धन्यवाद दिएका छन् ।

उनले सन् २०१७ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्वरेकर्ड कायम गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com