टेक्सासको अस्टिनमा ३९ बर्षका थल बहादुरको मस्तिस्क रक्तश्राव, सहयोगको अपिल


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

अमेरिका टेक्सासको अस्टिनमा बस्दै आएका ३९ बर्षका थल बहादुर बुढाको मस्तिस्क रक्तश्राबका कारण गम्भिर अवस्थामा उपचार भइरहेको छ । उनको डेल सेटोन मेडिकल सेन्टरमा उपचार भईरहेको छ ।

उपचार असाध्यै महँगो र आर्थिक अवस्था मजबुत नभएकाले सहयोगका लागि अपिल गरिएको छ । फेसबुक फण्डरेजरमार्फत २५ हजार डलरको लक्ष्यसहित सहयोग संकलन अभियान चलाइएको छ ।

कृपया तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । अहिलेसम्म १७ हजार १ सय ३९ डलर संकलन भइसकेको छ । अहिलेसम्म २७४ जनाले डोनेशन गरिसकेका छन् । थल बहादुर बुढाको स्थायी घर रुकुम पुर्व रहेको जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com