शिवमाया तुम्बाहाङ्फेले सम्हालिन् कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार सम्हालेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो तुम्बाहाङ्फेलाई कानूनमन्त्रीमा नियुक्त गरेकी थिइन् । सोमबार शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएकी थिइन्।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गरिएको हो ।

एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नपाइने संवैधानिक व्यवस्थाअनुसार उनले उपसभामुख पद छोड्नु परेको थियो। पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com