ग्रिनकार्डका लागि १५ सय लिएर विवाह गर्दा साढे २ लाख डलर जरिवाना र जेल


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

अमेरिकाको न्युजर्सी निवासी २८ बर्षीया महिलाले १५ सय अमेरिकी डलर लिएर एकजना नाइजेरियनसँग विवाह गरेको स्वीकार गरेकी छिन् । ती नाइजेरियनलाई उनलाई १५ सय डलर दिएर ग्रिनकार्ड बनाउनका लागि नक्कली विवाह गरेका थिए ।

एजिया स्ट्राउस नामकी ती महिलाले पिट्सबर्गको संघीय अदालतसमक्ष आफ्नो गल्ती स्वीकार गरेकी हुन् । उनले सन् २०१६ मा न्युजर्सीमा ३६ बर्षका नाइजेरियनसँग विवाह गरेकी हुन् ।

अर्कोबर्ष ती नाइजेरियनले महिलाको न्युजर्सीको ठेगाना प्रयोग गरेर नागरिकताका लागि प्रकृया अगाडि बढाएका थिए । उनीहरुले संयुक्त बैंक एकाउन्ट खोल्नुका साथै केही तस्वीहरुसमेत एकसाथ खिचेका थिए ।

ती नाइजेरियनले पहिले नै आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । अब उनले देशनिकालाको सामना गर्ने भएका छन् । देशनिकालाका लागि प्रकृया अगाडि बढाइसकिएको छ ।

महिलालाई आगामी जुन ३ मा सजाय तोकिदैछ । उनले ५ बर्षसम्मको जेलसजाय र साढे २ लाख डलरसम्म जरिवानाको सामना गर्नसक्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com