आनी छोइङ डोल्माले नक्कली बाबु बनाएर किर्ते नागरिकता लिएको खुलासा


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

प्रतिष्ठा कमाएका चर्चितहरु नै नेपाली भूमिमा कालो धन भित्र्याएर सामाजिक सेवा र व्यवसाय गरेका छन् भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो । चर्चित गायिक आनी छोइङ डोल्मा  अबैध सम्पत्ती र कालोधनमा मात्र नभएर नागरिकता समेत किर्ते रहेको समेत रहस्य खुलेको छ । यसको खुलासा एबीसी टेलिभिजनले गरेका हो । चर्चित गायिका आनी छोइङ डोल्माको कालो धन छानबीनको घेरामा पुगेको छ ।

छानविनका क्रममा प्रहरीले पठाएको पत्र

प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार गीत गाएर चर्चाको शिखरमा पुगेकी वौद्ध धर्म अनुयायी आनी छोइङको नागरिकता किर्ते रहेको पाइएको हो ।

आनी छोइङ डोल्मा

संसारभर आनीको कन्सर्ट, अवैध धन र किर्ते नागरिकतामाथि सरकारले छानविन शुरु गरेको हो ।

स्थानीय बासिन्दाले उठाएको मुचुल्का

आनीको नागरिकता मात्र किर्ते मात्र छैन कि उनको जन्म, उनका माता, पिता र परिवारदेखि आनी बन्नेदेखि फर्पिङमा आनीहरुलाई पढाउन भनेर खोलिएको आर्य तारा स्कुलको आम्दानी र सहयोग समेत अनुसन्धानको घेरामा परेको छ । तिव्वती शरणार्थीको रुपमा नेपाल आएको आनी छोइङ डोल्माको परिवार हो भन्ने कुरा आनीले आफ्नो आत्मकथा र विभिन्न अन्र्वार्ताहरुमा बताएकी छन् । तर उनले नागरिकता भने बंशजको आधारमा भन्दै नक्ककी बाउ खडा गरेर लिएको पर्दाफास भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रशासन कार्यालयले पठाएको अभिलेख ।

आनीले २०४६ जेठ १९ गतेको मितिमा काठमाडौं चपली भद्रकाली वडा नम्वर ६ का कान्छाबहादुर लामालाई बाउ बनाएर नागरिकता बनाएकी छन् । त्यही नागरिकताका आधारमा हालसम्म उनले विश्व भ्रमण गरिरहेकी छिन् ।  उनले किर्ते बाउ खडा गरी नागरिकता बनाएको थाह पाएपछि कान्छा बहादुर लामाका एक मात्र सन्तान छोरा प्रमान सिंह लामा (मंगाइ) ले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आफ्नो परिवारको प्रतिष्ठा र इज्जतलाई आनीले बद्नाम गरेको भन्दै कारबाहीका लागि निवेदन दिएका छन् ।

आनीले नक्कली बाउ बनाएका कान्छाबहादुरका एकमात्र सन्तान प्रमान सिंह लामा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com