कुवेतमा निर्माणस्थलमा पुरिएर ज्यान गुमाउने ४ नेपाली र घाइतेको पहिचान (नामावलीसहित)


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

कुवेतमा बुधबार निर्माणस्थमा पुरिएर ज्यान गुमाउने ६ जना नेपालीहरुमध्ये ४ जनाको परिचय खुलेको छ । २ जनाको भने स्पष्ट विवरण आउने क्रममा रहेको त्यहाँस्थीत नेपाली दूतावासले जनाएको छ ।

मृतक ६ जनामध्ये ४ जनामा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वशन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेत स्थीत नेपाली दूतावासले जनाएको छ । घाइतेहरुमा २ जना नेपालीहरु रहेको पनि दूतावासले जनाएको छ ।

घाइते मध्ये धर्मेन्द्र कुमार शाहको कुवेतस्थीत जाहरा अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते मनोरथ मण्डल उपचार पश्चात कम्पनीमा फर्किसकेका छन् । घटनाप्रति कुवेतमा रहेको नेपाली दूतावासले गहिरो दुख व्यक्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालुवा र ढुंगाको ढिस्कोले निर्माण स्थलमा पुरिएर ६ जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए । निर्माणका क्रममा काम गरिरहेका उनीहरुमाथि बालुवाको थुप्रो र ग्राभेल खसेको थियो ।

कामदारहरु पुरिएको सुचना प्राप्त गर्नासाथ उद्दारकर्ताहरु घटनास्थलमा पुगेका थिए । उद्दारकर्ताहरुले घटनाथस्लबाट ६ जनाको शव निकालेका थिए भने २ जनालाई जीवितै उद्दार गरिएको थियो ।

निर्माणस्थलमा ६ जना नेपालीको मृत्यु भएकोमा कुवेतका अमिर शेख सबाब अल अहमद अल जबेर अल सबाबले नेपालकी राष्ट्रपति विद्या भण्डारीलाई समवेदना सन्देश पठाएका छन् । अल मुतला हाउजिंग परियोजना अन्तरगत यो दुर्घटना भएको हो ।

त्यस्तै कुवेतका राजकुमार र प्रधानमन्त्रीले पनि नेपालका राष्ट्रपति भण्डारीलाई समवेदना सन्देश पठाएका छन् ।

यसअगाडि सार्वजनिक निर्माणमन्त्री र आवास मामिला राज्यमन्त्रीले घटनास्थलको अवलोकन गरेकी छिन् । उनले घटनाको छानविनका लागि छानविन समिति गठन गर्न निर्देशन दिएकी छिन् । कुनै लापरवाहीका कारण घटना भएको भए लापरवाही गर्नेलाई जिम्मेबार ठहराउन उनले निर्देशन दिएकी छिन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com