‘मैले नरोकेको भए २०५२ अगाडि नै सुरु हुन्थ्यो जनयुद्ध’ : प्रचण्डको विशेष अन्तरवार्ता


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

सन् १९९० को विश्वव्यापी परिवर्तन र कम्युनिस्ट सत्ता ढल्ने क्रममा नेपालमा भने मदन भण्डारीको अगुवाइमा कम्युनिष्ट शक्ति जबर्जस्त राजनीतिक शक्तिका रुपमा लोकप्रिय भइरहेको थियो । भण्डारीको ओज र प्रभावबाट समेत जनयुद्धका रणनीतिकारलार्ई गहिरो प्रभाव परेको थियो ।

नेपालमा एउटै वामपन्थी शक्तिको प्रमुख राजनीतिक हैसियत प्राप्त गर्न मदन भण्डारीसँग एकता गर्ने सोचाइमा पुगेको प्रचण्डले बारम्बार बताउँदै आएका छन् । तर प्रचण्डले जोजोसँग भेट्न र सम्झौता गर्न चाहे, तिनीहरुको रहस्यमय ढङ्गले हत्या भयो ।

यथार्थ के थियो त भन्ने जिज्ञासा सबैतिर भएका बेला एबीसी टेलिभिजनका प्रधानसम्पादक पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक उदयदेखि एकीकृत कम्युनिस्ट पार्टी निर्माणको तहसम्म आइपुगेको घटनाका बारेमा उनकै निवासमा लामो कुरा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईं कसरी महामन्त्री हुुनुभयो ? कहिल्यै सोच्नुभएको थियो ?

२०४३ सालमा सेक्टरकाण्ड भयो । पार्टीका तर्फबाट गलत भएको भन्दै तल्ला कमिटीका दिपक महत, काकालगायतमाथि तत्काल कारबाही भयो । तर केन्द्रमा हरेक पटक बैठक बस्ने, छलफल हुने, निष्कर्षमा कोही पुग्न नसक्ने प्रक्रिया चल्दै आएको थियो ।

त्योबेला पार्टीको बैकल्पिक पोलिटब्यूरो सदस्यका रुपमा टेक कमिटीमार्फत् सैन्यमोर्चाको जिम्मा मेरो थियो । म सेक्टरवाला घटनाको निर्णयमा सहभागी थिइन । हतियारको खोजी, तालिम यी सब काम भइरहेका थिए । पार्टीभित्र मेरो स्वीकार्यता बढीरहेको थियो ।

समस्या आएका सबै ठाउँमा म जाने र समाधान गर्ने काम पनि भइरहेको थियो । म महामन्त्री नै हुने भन्ने तहमा सोचेको थिइनँ । तर मलार्ई यी बूढाहरुले भन्दा राम्ररी मैले नै गर्नसक्छु भन्ने थियो ।

त्यही बेला अर्थात् २०४६ को कात्तिक पहिलो हप्ताको एकसाँझ किरण र मबीचमा लामो कुरा भयो । किरणले त्यसअघि सीपी गजुरेल, भक्तबहादुर श्रेष्ठलगायतलार्ई पनि भेटेर महामन्त्री बन्न आग्रह गरिरहेका थिए, तर कोही तयार थिएनन् ।

उनीहरु पनि सेक्टर घटनामा संलग्न थिए, तलतिरका जो संलग्न थिए, तिनलार्ई कारबाही गर्ने तर निर्देशन दिनेलार्ई केही नगर्ने भन्ने विषय उठिरहेको थियो । किरण आजित भएर कहिले भक्तबहादुरलार्ई महामन्त्री बन्नुस् भन्ने कहिले कसलार्ई बनाउने भन्थे । तपाईं यसो नभन्नुस् तपाईं नै हो, भनिराख्थें म ।

किरण भित्रैदेखि महामन्त्री पद बोक्न नसक्ने भएर कहाँ लगेर बिसाउने भन्नेमा पुगेका थिए । त्यही सन्दर्भमा भएको लामो छलफलमा किरणले मलार्ई नै महामन्त्री बनेर पार्टीलार्ई अघि बढाउन विशेष अनुरोध गरे ।

किरणले यही घटनामा म पनि छाड्छु, गौरव पनि जोडिया छ, गुरुङ पनि जोडिया छ, उनीहरुलार्ई पनि एकतह घटुवा गर्ने भन्ने कुरा गरे ।

त्यसपछि म पार्टीका केन्द्रीय समितिका सदस्यहरुका बीचमा कुरा गर्न थालें सबै खुसी थिए । तर वरिष्ठहरु खुसी थिएनन् । अहिले मैले किन नाम लिउँ तिनको ?

महामन्त्री भएपछि के सोच्नुभयो ?

२०४६ कात्तिक दोस्रोसाता भएको बैठकबाट म पार्टीको महामन्त्री भएँ सर्बसम्मत रुपमा । सङ्कट के आइलाग्यो भने म एकातिर सशस्त्र सङ्घर्षको तयारी गर्दैं थिएँ । हातहतियारको जोगाड, पहिलो सैन्य तालिम आदि मैले नै गराएको थिएँ ।

त्यो बेलाको मेरो व्याख्या विश्लेषण तिखो थियो नि त । त्यसले गर्दा सबै क्रान्तिकारी स्प्रिटका साथीहरु ममा केन्द्रित भएकै थिए ।पछि किरणजीले भन्नु पनि भयो ।

किनकि पार्टी सम्पूर्णरुपले प्रचण्डको हातमा गइसकेको थियो । म त्यसरी बसेको भए गलहत्याइने थिएँ । इतिहासले मलार्ई नराम्रोसँग पाखा लगाउँथ्यो । समयमा नै मैले बुझेर प्रचण्डलार्ई जिम्मा लगाउँदा नै राम्रो हुन्छ भनेर गरेको हो भनेर किरणले भन्नुभएको छ । उहाले लेख्नुभएको पनि छ ।

यसरी ३५ वर्षे ठिटो देशका घग्डान भनिएका नेताहरुको बीचमा पार्टीको महमन्त्री बन्न आइपुगेका थिए । यद्यपि त्यो पार्टी साह्रै सानो थियो । पछि प्रचण्डले पुरानो चौथो महाधिवेशन धारका चार समूह जोडेर चुनावमा जाँदा पनि संसदमा जम्मा नौ सिट र ४ दशमलव ३ प्रतिशत जनमत मात्र प्राप्त गर्न सकेको थियो ।

महामन्त्री भएपछि पहिलो निर्णय के गर्नुभयो ?

‘म कस्तो बेलामा महामन्त्री भएँ त भन्दा एकातिर सैन्य तयारी गरिएको छ, हातहतियार जोडिएको छ, कहाँ हान्ने, के गर्ने भन्ने तयारी गरिराख्या छ । अर्कोतिर त्यहीबेला पञ्चायत विरोधी आन्दोलनले पनि जोर पक्डदै गएको छ । एकातिर वाममोर्चा बनाउने यता संयुुक्त राष्ट्रिय जनआन्दोलन बनाउने र व्यापक आन्दोलन गर्ने भन्ने कुरा पनि चल्न थाल्याछ ।

म महामन्त्री हुनेबित्तिकै गम्भीर प्रश्न खडा भयो । मेरा लागि लाइफ एण्ड डेथ थियो । त्यो जीवन मरणकै प्रश्न थ्यो क्या । मैले अब सशस्त्र सङ्घर्ष सुरु गर्नेमा पार्टीलार्ई लैजाने कि संयुक्त आन्दोलनमा सहभागी भएर अहिलेलार्ई सशस्त्र सङ्घर्ष थाँती राख्ने भन्ने प्रश्न खडा भएको थियो । त्यो सँगसगै जानसक्ने स्थिति थिएन । त्यस्तो अवस्थामा म के निष्कर्षमा पुगें भने सशस्त्र सङ्घर्ष स्थगित गरिदिनुपर्छ भन्नेमा गएँ ।

अब संयुक्त आन्दोलनमा सहभागी पनि हुने र समान विचार राख्नेहरुका बीचमा एकताको पहल गर्नुपर्छ भन्नेमा पुगें । त्यसपछि म आफैले महामन्त्रीको हैसियतमा अध्यक्षता गरेको पहिलो बैठकको मुख्य एजेण्डा तत्कालका लागि सशस्त्र सङ्घर्षको तयारी रोकेर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय भएको थियो ।

यस सम्वन्धी विशेष अन्तर्वार्ता यहाँ हेर्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com