आज विश्व कण्डम दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

विश्व कण्डम दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने एवं प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिइने छ ।

विश्वमा यौन रोगहरु बढ्दो अवस्थामा छन् । हाल सबैभन्दा बढी यौन रोग अफ्रिकामा रहेको तथ्यांक छ । प्रत्येक वर्ष फेब्रुअरी १३ मा कण्डम दिवस मनाइन्छ । प्रजनन एवं यौन सचेतनामुलक काम गर्दै आएका संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । नेपालमा हाल स्वास्थ्य सेवा विभागले २०१७ मा गरेको अध्ययनअनुसार देशमा कुल जनसंख्याको आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेको पाइएको छ । यसप्रतिको धारण गलत रहन जाँदा यस्तो भएको विभागको दाबी छ । कन्डमको प्रयोग नगर्ने समुदायमा यौँन रोग बढ्दै गएको र यसबारे नकारात्मक धारणा हटाएर कण्डमको महत्तवबारे बुझाउने खालका कार्यक्रम गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

यसैबिच कण्डम दिवसका अवसरमा बुटवलको ट्राफिक चोकमा पनि वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । दिउँसो एकबजेदेखि राती ८ बजेसम्म चल्ने कार्यक्रममा एकघण्टा सामाजिक विकास मन्त्रालय प्रदेश ५ को औपचारिक कार्यक्रमसँगै एड्स र कण्डमसँग सम्बन्धित विभिन्न प्रस्तुतीहरु रहने छन् । कार्यक्रममा कण्डमको प्रयोग सम्बन्धी जानकारी गराउँदै निःशुल्क कण्डम वितरण गरिने आयोजक आस्था समूह र सहयोगी संस्था ए.एच.एफ नेपालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com