कुवेतमा निर्माणस्थलमा पुरिए १० कामदार, कैयन नेपाली रहेको आंशका (भिडियो)


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

कुवेतमा एउटा निर्माणस्थलमा भएको दुर्घटनामा कैयन नेपालीहरु पुरिएको आशंका गरिएको छ । मुतला सिटी प्रोजेक्टमा निर्माणका क्रममा जमिन भत्किदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

१० जना कामदारहरु पुरिएको सुचना प्राप्त गर्नासाथ उद्दारकर्ताहरु घटनास्थलमा पुगेका थिए । उद्दारकर्ताहरुले ६ जनालाई त्यहाँबाट निकाल्न सफल भएका थिए । तर तीमध्ये ३ जनाको मृत्यु भइसकेको थियो । उनीहरुलाई घटनास्थलमा नै मृत घोषणा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसको केहीबेरमा अर्का एकजनालाई पनि निकालिएको थियो । बाहिर निकाल्दासम्म उनको पनि मृत्यु भइसकेको जनाइएको छ । खाडलबाट अरु तीनजनालाई पनि निकाल्ने प्रयास गरिएको जनाइएको छ । तर उनीहरुको अवस्थाबारे केही जानकारी प्राप्त भएको छैन ।

सार्वजनिक निर्माणमन्त्री र आवास मामिला राज्यमन्त्रीले घटनास्थलको अवलोकन गरेकी छिन् । उनले घटनाको छानविनका लागि छानविन समिति गठन गर्न निर्देशन दिएकी छिन् । कुनै लापरवाहीका कारण घटना भएको भए लापरवाही गर्नेलाई जिम्मेबार ठहराउन उनले निर्देशन दिएकी छिन् ।

दुर्घटनामा नेपाली परेको आशंका गरिएकोभएतापनि यसबारेमा थप जानकारी प्राप्त भएको छैन । एनआरएनए आईसीसीका मानार्थ परिषद् सदस्य लोक तिवारीले आफूले यसबारे कुवेतमा बुझ्ने प्रयास गरिरहेको बताएका छन् । नेपालीहरु परेको आशंका गरिएपनि कतिजना नेपाली परे वा को को परे भन्नेबारे केही जानकारी प्राप्त भएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com