नागरिकता नभएपनि आदिवासीहरुलाई देशनिकाला गर्न नपाइने सर्बोच्चको फैसला


प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार

अष्ट्रेलियाको सर्वोच्च अदालतले त्यहाँको नागरिकता नभएपनि आदिवासीहरुलाई देशनिकाला गर्न नपाइने फैसला गरेको छ । अष्ट्रेलियाको आदिवासी समुदायका बुबाआमाबाट अष्ट्रेलियाबाहिर जन्मेको व्यक्तिले अष्ट्रेलियाको नागरिकताको लागि आवेदन नदिएपनि उनीहरुलाई देशनिकाला गर्न नपाइने भएको छ ।

अष्ट्रेलियन नागरिकताका लागि कहिले पनि आवेदन नदिएका विदेशमा जन्मेका दुईजनाको सन्दर्भमा अष्ट्रेलियाको सर्बोच्च अदालतले यस्तो फैसला सुनाएको हो । अष्ट्रेलियाको सरकारले अपराधमा दोषी ठहरिएका सयौं आप्रवासीहरुलाई देशनिकाला गर्ने कदम चालेको छ, जसमा दुईदेशको नागरिकता लिएकाहरुका सन्दर्भमा समेत अष्ट्रेलियन नागरिकता खोस्न सक्ने जनाइएको छ ।

सर्बोच्च अदालतमा पुगेका डेनियल लभ र ब्रेण्डन थोम्स अष्ट्रेलियाबाहिर जन्मेका थिए भने उनीहरुका बुबाआमामध्ये एकजना अष्ट्रेलियाका आदिवासी नागरिक थिए । दुबैजना अष्ट्रेलियामा पीआर लिएर बसेका थिए, तर नागरिकताका लागि आवेदन दिएका थिएनन् । दुबै अपराधमा संलग्न भएको पाइएपनि उनीहरुको भिसा खारेज गरिएको थियो ।

अष्ट्रेलियाको सरकारले उनीहरुलाई विदेशीको रुपमा लिएर पपुवा न्युगिनी र न्युजिल्याण्ड डिपोर्ट गर्ने योजना बनाएको थियो । तर सर्बोच्चले उनीहरुलाई अष्ट्रेलियन नागरिक सरह व्यवहार गर्नुपर्ने र उनीहरु अष्ट्रेलियामा रहन सक्ने फैसला गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियाको सर्बोच्च अदालतको यो फैसलाले आदिवासी समुदायबाट विदेशमा जन्मिएकाहरुले नागरिकताका लागि आवेदन नदिएपनि स्वत अष्ट्रेलियन नागरिक हुनसक्ने बाटो स्पष्ट पारिदिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com