युनाइटेड मुगुम अर्गनाइजेशनले न्युयोर्कमा मनायो सोनाम लोसार


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

युनाइटेड मुगुम अर्गनाइजेशनले न्युयोर्कको क्विन्समा भव्यरुपमा सोनाम लोसार मनाएको छ ।

संस्थाका अध्यक्ष पेमा नामग्यालको अध्यक्षतामा सम्पन्न लोसार कार्यक्रममा अध्यक्ष नामग्यालले न्युयोर्कमा धेरै पहिलेदेखि लोसार मनाउँदै आएको भएपनि न्युर्योकमा नेपाली संघ संस्थासँग पहिलोपटक लोसार मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

अध्यक्ष नामग्यालले उपस्थित सबैलाई धन्यवाद दिँदै आउने वर्षहरुमा सबै मिलेर यसरी नै लोसार मनाइने बताए । उनले संसारको जुनसुकै ठाउँमा पुगेपनि आफ्नो धर्म, संस्कार र संस्कृति भुल्न नहुने तथा भावि पुस्ताका लागि त्यसको संरक्षण र सम्बद्र्धनमा लाग्नुपर्ने सबैको दायित्व रहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ (फिफ्ना) का अध्यक्ष लोक चेम्जोङले मुगुम अर्गनाइजेशनले पहिलोपटक सबै समुदायलाई समेटेर लोसार मनाएकोमा संस्थाको प्रसंसा गर्दै धन्यवाद दिएका थिए ।

मुगाली समाज नेपालमा त्यस्तो थोरै जातिमा पर्ने जाति नभएको बताउँदै नेपालमा १२५ भन्दा बढी जातजाति रहेको र त्यसभित्र मुगाली समुदाय विशेष पहिचान बनाउदै अगाडि बढेको बताए । ‘हाम्रो देश यस्तो देश हो, जहाँ हाम्रो पुर्खा वा आमाहरुले बनाएको जडिबुटीनै कडा औषधिको रुपमा काम गर्छ,’ अध्यक्ष चेम्जोङले भने ।

अध्यक्ष चेम्जोङले नेपालीको पहिचान दौरा सुरुवाल मात्र नभएर विभिन्न जातजातिको संस्कार र संस्कृति पनि नेपालीको पहिचान रहेको बताउँदै नेपालमा पहिचानको सहितको संघीयता स्थापित हुनुपर्ने बताए । उनले यस विषयमा समग्र आदिवासी जनजातिहरु एक भएर आवाज उठाउनुपर्ने समेत बताए ।

त्यस्तै चेम्जोङले सोहि कार्यक्रममार्फत् सम्पूर्णलाई अमेरिकाको जनगणना २०२० मा रजिस्टर हुन समेत अनुरोध गरेका थिए ।

संस्थाका सचिव गेलेक नामग्यालले स्वागतत मन्तव्यका क्रममा मुगालीहरुको भेष भुषा Dress एउटा विशेष भएको तर अचेल उक्त ड्रेस सहज रुपमा नपाइने बताए । उनले मुगालीहरुले आफ्नो भेषभुषाका बारेमा सोच्नुपर्ने समय आएको र आफ्नो परम्परालाई बचाइ राख्नका लागि सबै एकभएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा मुगुमका मुगाली लामा र प्रमुख अतिथिद्धारा गौतम बुद्धको मूर्तिमा खादा चढाएर नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान गएर कार्यक्रमको सुरुवात गरिएको थियो ।

सोहि अवसरमा कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढा मगरले मुगाली समाज आफ्नो पारिवारिक समाज रहेको बताउँदै मुगाली समाजको संस्कृति र भेषभुषाका बारेमा प्रसंसा गरेका थिए । उनले यो संसारमा खोजेर नपाइने भन्दै आफ्नो भेषभुषामा सजिएर आएकोमा खुसी व्यक्त गरेका थिए ।

त्यस्तै ढोक्पे किदुंगका अध्यक्ष गोभा जीवन लामाले मुगाली समाज र आफ्नो समाजको संस्कार धेरै कुरामा मिल्दोजुल्दो रहेको बताउँदै सुरुका दिनमा आफ्नो समाजले पनि यसरी नै सुरुवात गरेको बताए । उनले भविष्यमा सबै संघसंस्थासँग भाइचाराको सम्बन्ध कायम गर्दै आफ्नो चाडपर्वलाई यसरी नै मिलेर मनाउने प्रतिबद्धता जनाए ।

एभरेष्ट टाइम्सका पत्रकार निमा पाख्रिनले नेपालमा मुगाली समाज धेरै चर्चित समाज रहेको बताउँदै आफू नेपालको धेरै ठाउँमा भ्रमण गरेता पनि मुगुममा नपुगेको तर न्युर्योकमा आएर भेट्ने अवसर जुरेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले आफ्नो मौलिक परम्परालाई जोगाउँदै आफ्नो हकअधिकार र पहिचानको लागि हामी सधै एक भएर अघि बढ्नुपर्ने बताए ।

दुई चरणमा भएको उक्त कार्यक्रममा पहिलो चरणमा शुभकामना आदान–प्रदान रहेको थियो भने दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालका चर्चित डान्सर गिता राईले नृत्य प्रस्तुत गरेकी थिइन् भने कलाकारहरु छिरिङ तेन्पा, ज्याम्पा तेन्जिन, गेलेक नामग्याल, भिटिक, छिरिङ भिटिक, गालदेन, तेन्जिन साङमो, कुङगा डीमे, टाशी दुन्डुप र कुञ्जोम तथा अतिथि कलाकारहरु चर्चित लोक गायक सुमन बुढामगर, गीता राई र सुवर्ण शाक्यले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

मुगाली समाजका अन्य कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा समाजका आमा बुबा तथा दाजुभाइ दिदीबहिनीहरुले मुगाली संस्कार अनुसारको नृत्य र गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रमकी संयोजक जनजाति महासंघ अमेरिकाकी सचिव टोमा लामाले गरेको कार्यक्रम संचालनका क्रममा लामाले आफूले खेलेका फिल्मका केही झलक पनि प्रस्तुत गरेकी थिइन् । उनले मुगालीहरुको आफ्नै संस्कार र संस्कृति भएकाले राज्यले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताइन् । उनले मुगाली समुदाय आफ्नो हक अधिकारका लागि संसारको जुनै ठाउँमा भएपनि एक भएर अगाडि बढ्ने समेत बताएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com