नेपालमा आगामी जनगणनामा तेश्रो लिंगीको पनि गणना, झण्डै १० लाख रहेको अनुमान
प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

नेपालले अर्को जनगणनामा तेश्रो लिंगीहरुको संख्या पनि गणना गर्ने भएको छ । जनगणनामा तेश्रो लिंगीहरुलाई अल्पसंख्यकका रुपमा गणना गर्न लागिएको यो पहिलो पटक हो । शिक्षा र सरकारी जागिरमा पहुच कायम गराउने उद्देश्यले यस्तो गणना गर्न लागिएको हो ।
नेपालमा जनगणनामा तेश्रो लिंगीको पनि गणना हुनुपर्ने माग लामोसमयदेखि हुँदै आएको थियो । नेपालको कानुनले अल्पसंख्यकहरुका लागि काम, विद्यालय र कलेजहरुमा विशेष कोटाको व्यवस्था गर्दै आएको छ । तर जनगणनामा समावेश नभएका कारण तेश्रो लिंगीहरुले यो कोटा पाएका छैनन् ।
सन् २०२१ मा जनगणना गरिने भएतापनि केही जिल्लाहरुमा आगामी महिना परीक्षणका रुपमा गणना गरिने भएको छ । नागरिकहरुले आफूलाई महिला, पुरुष र अन्यका रुपमा परिचित गराउन सक्नेछन् ।
नेपालमा झण्डै ३ करोड जनसंख्यामध्ये झण्डै १० लाख लैंगिक अल्पसंख्यकहरु रहेको अनुमान गरिएको छ । तर यसको यकिन तथ्यांक भने छैन ।
नेपालमा लैंगिक अल्पसंख्यकले आफ्ना अधिकारहरुको रक्षामा उल्लेख्य प्रगति गर्दै आएका छन् । नेपालको संविधानले यौनिक अवस्थाका आधारमा कसैमाथि विभेद गर्न नपाइने प्रावधानको व्यवस्था गरिसकेको छ । नागरिकता र पासपोर्टमा गैर पुरुष र गैरमहिला राख्न सकिने व्यवस्था समेत गरिएको छ ।