पोर्चुगलमा झापालीहरू संगठित, सुमन शर्मा चम्लागाई अध्यक्ष


प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार

पोर्चुगलमा रहेका झापालीहरू संगठित भएका छन्। पोर्चुगलमा बस्दै आएका झापालीहरुको भेलाले झापाली समाज पोर्चुगल गठन गरेको हो ।

भेलाले सुमन शर्मा चम्लागाईको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ।

अध्यक्ष चम्लागाई गैह्र आवासीय नेपाली संघ पोर्चुगलका कार्यसमिति सदस्य हुन्।

समाजको उपाध्यक्षमा रोशन थपलिया, सचिवमा राजकुमार लिम्बु, सदस्यहरुमा याम दियाली, सुरेन्द्र निरौला र प्रबिना बस्नेत रहेका छन्।

समाजले झापाका प्रत्येक नगरपालिका र गाउँपालिकाबाट एक – एक सदस्य थपेर कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com