टेक्सासमा फोहोर फ्याक्ने ट्रकमा बोकेर ल्याइएका ३६ कागजपत्रविहिन नियन्त्रणमा
प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार

टेक्सासमा फोहोर फ्याक्ने ट्रकमा बोकेर ल्याइएका ३६ कागजपत्रविहिनलाई कस्टम एण्ड बोर्डर प्रोटेक्सनका अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । ट्रकभित्र थुनिएका उनीहरुले भित्रबाट ढकढकाएपछि उनीहरुलाई उद्दार गरेर नियन्त्रणमा लिइएको हो ।
ट्रकभित्र प्लाइउड राखेर उनीहरुलाई त्यहीभित्र लुकाइएको थियो भने माथिपट्टीबाट बालुवा, ग्राभेल लगायतका फोहोरले छोएिको थियो । ट्रकभित्र राखिएका उनीहरु बाहिर निस्कने कुनै उपाय थिएन ।
Make no mistake – the criminal organizations and cartels have no concern for the wellbeing of the people they smuggle across the border. Thanks to @mylaredopd, @LaredoFireDept and #USBP Laredo Sector for their lifesaving actions https://t.co/lY3V075lTJ
— Acting Commissioner Mark Morgan (@CBPMarkMorgan) February 1, 2020
कसैले लारेडो टेक्सासबाट प्रहरीलाई फोन गरेर ट्रकभित्र मान्छेहरु रहेको खबर गरेको थियो । त्यसपछि त्यहाँ पुगेर उनीहरुलाई बाहिर निकालिएको थियो । मानव तस्करहरुले उनीहरुलाई सिमाबाट छिराएको सीबीपीले जनाएको छ ।
अहिले उनीहरु सबैलाई अनुसन्धानका लागि हिराशतमा लिइएको छ । ट्रकभित्र आप्रवासीहरुलाई ल्याइएका कैयन घटना भएपनि ट्रकभित्रै कोठा बनाएर आप्रवासीलाई लुकाएर ल्याएको भने यो दुर्लभ घटना हो ।
सन् २०१७ मा यसरी ट्रकभित्र कोचेर १ सयभन्दा धेरै कागजपत्रविहिनहरुलाई ल्याउने क्रममा ९ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न ट्रक चालकलाई जन्मकैदको सजाय दिइएको थियो ।