चाइना हुँदै नेपाल जाने वा युरोप अमेरिका आउने टिकट लिनुभएको थियो ? ट्राभल एजेन्टका टिप्सहरु


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

यदि तपाईले चाइना हुँदै नेपाल जाने वा चाइना हुँदै युरोप अमेरिका हुँदै विभिन्न मुलुकमा जाने टिकट लिनुभएको थियो ? यदि लिनुभएको थियो भने पक्कै पनि तपाईले आफ्नो फ्लाइट के होला भनेर चिन्ता लिनुभएको होला ।

एकातिर चीनबाट नेपाल जाने ५ वटा एयरलाइन्सले आफ्ना उडानहरु बन्द गरेको छ भने चाइना साउदर्नले उडानहरु सिमित गरेको छ । त्यस्तै चीनहुँदै अमेरिका आउने वा अन्य देशमा जाने उडानहरु पनि बन्द गरिएका छन् । चीनहुँदै अमेरिका आउने अमेरिकी नागरिक र ग्रिनकार्डवाहकबाहेक अरुलाई अमेरिका प्रवेश नदिइने अमेरिकाले घोषणा गरिसकेको छ ।

यो अवस्थामा पहिले नै टिकट लिएकाहरुलाई न्युयोर्कको ज्याक्सनहाइटमा ट्राभल हाउस नेपाल संचालन गरिरहनुभएका बिष्णुमान प्रधानले विभिन्न टिप्सहरु दिनुभएको छ ।

यदि तपाईले चीनहुँदै जान आउनका लाथि आफ्नो टिकट बुक गर्नुभएको थियो भने तपाईलाई अधिकांश एयरलाइन्सले उक्त टिकटका लागि रिफण्ड दिइरहेका छन् । त्यसैले तपाईले यथाशीघ्र आफ्नो एजेन्ट वा अनलाइनबाट टिकट लिएको खण्डमा कुन वेवसाइटबाट लिनुभएको हो, त्यहाँ सम्पर्क गर्न उहाँले सुझाव दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाबाट नेपालीहरुले चाइना साउदर्नमार्फत नेपाल जाने आउने टिकटहरु बुक गरेको र चाइना साउदर्नले सबै टिकटको मूल्य रिफण्ड गरिरहेको उहाँले जानकारी दिनुभयो । चाइना साउदर्नले नेपालको उडान सम्पूर्णरुपमा बन्द नगरेको भएतापनि कैयन उडानहरु कटौती गरेको छ । तर पनि चाइना साउदर्नले टिकटको मूल्य रिफण्ड दिइरहेको प्रधानले जानकारी दिनुभयो ।

यदि एजेन्टमार्फत टिकट काटेको भएमा एजेन्टलाई सम्पर्क गरेर रिफण्ड लिन सकिनेछ भने अनलाइनमार्फत काटेको भएमा पनि वेवसाइटमा सम्पर्क गरेर पूरै रकम रिफण्ड लिन सकिनेछ । चाइना इस्टर्नले नेपालका सबै उडानहरु रद्द गरिसकेकाले चाइना इस्टर्नको टिकट काटेकाहरुले पनि रिफण्ड लिन सक्नेछन् ।

तर अहिले चाइना हुँदै जानेआउने उडानहरु रद्द भएका कारण अन्य एयरलाइन्समा टिकटको मूल्य निकै उच्च भएको छ । विगतमा सात आठसय डलरमा पाइने टिकट अहिले ११ सय डलर नाघिसकेको उहाँले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com