अब बेलायतमा ग्लोबल ट्यालेन्ट भिसा, पीआर पनि छिटो पाउने


प्रकाशित मिति : माघ १९, २०७६ आईतबार

अब बेलायतले विज्ञान, मेडिकल, इन्जिनियरिङ र मानविकीमा दक्षहरुलाई ग्लोबल ट्यालेन्ट भिसा दिने भएको छ । असाधारण प्रतिभा टियर १ भिसालाई बदलेर बेलायतले ग्लोबल ट्यालेन्स भिसाको व्यवस्था गरेको हो ।

नयाँ कार्यक्रम फरबरी २० देखि लागु हुने जनाइएको छ । यो कार्यक्रम अन्तरगत धेरै भन्दा धेरै विदेशी कामदारहरु योग्य हुने भएका छन् ।

यो भिसामा कतिजनाले भिसा पाउने भन्ने सन्दर्भमा कुनै सिमाबन्दी तोकिएको थिएन । जबकी असाधारण प्रतिभा टियर १ भिसामा बार्षिक २ हजारको सिमाबन्दी रहेको थियो ।

यो भिसा अन्तरगत विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला संस्कृतिमा दक्ष हुनेहरुले बेलायतमा प्रवेश गरेर काम गर्न र पीआरको बाटोमा अगाडि बढ्न पाउनेछन् । यो कार्यक्रम अन्तरगत भिसा प्राप्त गर्नेहरुले पीआरपनि शीघ्र प्राप्त गर्ने जनाइएको छ । अर्थात् असाधारण प्रतिभा टियर १ भिसामा जस्तो लामो समय कुनुपर्नेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीआरका लागि योग्य हुने अवधि पाँचबर्ष नै तोकिएको छ । विगतमा असाधारण प्रतिभा टियर १ भिसामा रहेकाहरुले पीआरका लागि आवेदन दिनका लागि भिसा बदल्न आवश्यक भने हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com