देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव


प्रकाशित मिति : माघ १९, २०७६ आईतबार

देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम शुरू गरेको जनाए तापनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषय निर्णय गर्न सकेको छैन ।

तथ्यांक अनुसार सबैभन्दा बढी मावि तहमा शिक्षकको अभाव देखिएको छ। मावि तहमा १९ हजार १ सय १ जना शिक्षक अपुग छन् । त्यस्तै निमावि तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको बताइएको छ। पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर तहगतरूपमा अपुग भएको शिक्षकको संख्या उल्लेख गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा शिक्षा विकास तथा मावन स्रोत विकास केन्द्रले अपुग शिक्षकको तथ्याङ्क निकालेको हो।

मन्त्रालयले दरबन्दी पुनर्वितरण कार्यविधि–०७६ पास भएसँंगै मन्त्रालय शिक्षक पुनर्वितरण गरिसकेपछि अपुग शिक्षकको विषयमा छलफल गर्ने र शिक्षक सेवा आयोग स्थायी शिक्षकको आवेदन खुला गर्ने तयारी गरेको छ। केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले पुनर्वितरण प्रक्रिया सकेपछि स्थानीय तहको सहयोगमा आवश्यक पर्ने शिक्षक व्यवस्थापन गर्ने गरी तयारी भएको जानकारी दिए।-नेपाल समाचारपत्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com