मानसिक रोग १०० भन्दा धेरै प्रकारका हुन्छन् : डाक्टर रितेश थापा, मानसिक रोग विशेषज्ञ


प्रकाशित मिति : माघ १८, २०७६ शनिबार

मानिसले सामान्य रुपमा गर्ने विभिन्न कार्यहरुमा असामान्य रुपले परिवर्तन आउँछ भने त्यो मानसिक रोग हुन सक्छ । नेपाल मा अहिले मानसिक रोगको समस्या बढदै गएको देखिन्छ । नेपालमा मात्र नभइ मानसिक रोग विश्वव्यापी रुपमै विकराल समस्याका रुपमा बढ्दै गएको पाइन्छ ।

मानसिक रोगका विषयमा रिदम न्युरोसाइकियाट्री हस्पिटल एन्ड रिसर्च सेन्टर का निर्देशक तथा मानसिक रोग विशेषज्ञ डाक्टर रितेश थापासँग खसोखासका लागि लक्ष्मी अधिकारीले गरेको कुराकानी ।

मानसिक रोग भनेको के हो ?

मानिसको दिमागले धेरै काम गर्ने गर्दछ । सोच्न सक्ने क्षमता, बोल्न सक्ने क्षमता, शरीर लाई नियन्त्रण गर्ने क्षमता, माया गर्ने, घृणा गर्ने जस्ता थुप्रै क्षमता दिमागको हुन्छ । कुनै पनि कारणले गर्दा यस्ता विविध कामहरुमा गडबडी भयो र आफू, आफ्नो परिवार , समाज र आफ्नो काममा बाधा पुग्न थाल्यो भने यस्तो अवस्थालाई मानसिक रोग लागेको भन्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानसिक रोग लाग्नुको कारणहरु के कस्ता हुन सक्छन् ?

मानसिक रोग लाग्नुको कारणहरु धेरै हुन्छन् । जस्तै वंशानुगत कारण, पारिवारिक कारण, वाल्यकालमा भएका अप्रिय घटना , यौन हिंशा, लागूपदार्थ सेवन तथा खानपानका कारणले पनि मानसिक रोग लाग्न सक्छ । यसका साथै ससाना तनाव व्यवस्थापन गर्न नसक्नु, धेरै तनाव लिनु, अन्य रोगको औषधिको प्रयोगले पनि समस्या देखा पर्न सक्छ । मानसिक रोगको कारण बहुआयामिक र बहुप्रकारका हुन्छन् ।

मानसिक रोग लाग्दा कस्ता लक्षण देखा पर्दछन् ?

मानसिक रोग १०० भन्दा धेरै प्रकारका हुन्छन् । मानसिक रोग अनुसार लक्षण पनि फरक फरक देखा पर्दछन् । विशेषगरी मानसिक रोग लाग्दा बेहोस हुन्छु कि भन्ने डर पैदा हुने, मानसिक सन्तुलन गुमाउला भन्ने डर, हातखुट्टा वा शरीरबाट पसिना आउने, मनमा धेरै कुरा खेलाउने, तर्सिने, झस्किने, छिनमै खुसी छिनमै दुखी हुने, एकठाउमा बस्न नसक्ने, छटपटी हुने, हातखुट्टा काम्ने, अचानक शरीर कमजोर हुने, सामान्य अवस्थामा भन्दा यौन इच्छामा कमि आउने, बढी रिसाउने, काममा मन नलाग्ने, धेरै थकान लाग्ने, नकारात्मक सोच आउने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखा पर्छन् ।

मानसिक रोग सम्बन्धि कतिको जनचेतना छ समाजमा ?

मानसिक रोगलाई समाजमा अझै निको नहुने रोग मान्ने सोच हटिसकेको छैन । यो रोग लागेका मानिसहरूलाई पागल भन्ने हेप्ने परिवारलाई समेत घृणा गर्ने र विभेद गर्ने समेत गरिन्छ । तर यो रोग लागेर उपचार पाएपछि ठीक भएर समाजमा पुनःस्थापना भएका धेरै उदाहरण छन् हामी सँग । केही कुराहरुमा परिवर्तन आए पनि समय सापेक्ष अन्धविश्वास र गलत धारणाहरुमा भने परिवर्तन भएको छैन ।

मनोरोग भनेको पापीलाइ मात्र लाग्ने, निको नहुने, डाक्टरहरुले हैन धामीले मात्र निको पार्ने, बोक्सी लागेको भन्ने जस्ता भ्रम अझै समाजमा छन्। यस्तै बिहे गरिदियो भने मानसिक रोग निको हुन्छ भनेर उपचार नगरी बिहे गरिदिने चलन पनि छ । समाजमा मानसिक स्वास्थ र मनोरोगबारे यस्ता अनेकौं गलत भ्रमहरु भए पनि जनचेतना जगाउदै उपचारको अधिकार स्थापित गराउन सरकारी स्तरबाट गम्भीर रुपले लाग्नुपर्छ ।

मानसिक रोगको उपचार र रोगबाट टाढा रहने उपाए के कस्ता हुन सक्छन् ?

कुनै पनि रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । यदि रोग लाग्यो भने पनि रोगको लक्षण देखा पर्नासाथ चिकित्सकको परामर्श लिन आवश्यक छ । औषधि सेवन, विधुतीय चिकित्सा पद्धति लगायत अन्य थुप्रै पद्धतिबाट उपचार गर्न सकिन्छ । तनावबाट टाढा रहने, सकारात्मक विचार, स्वस्थ जिवनशैली अपनाउने, व्यायाम गर्ने, कुलतमा नलाग्ने गरेमा दिमागमा पर्ने असरबाट वच्न सकिन्छ । रोग प्रारम्भिक चरणमै भएमा सामान्य परामर्शबाटै उपचार सम्भब छ ।

मानिसलाइ डर, चिन्ता, बेरोजगारी, उदासिनता, असुरक्षा जस्ता विभिन्न कारणले मानसिक रुपमा कमजोर बनाउने गर्छ । यस्तै परिवारबीच मेलमिलापको वातावरण नहुनु, दम्पतीबिच यौनसम्बधबाट सन्तुष्टि नहुनु आदिले पनि समस्या बढ्दै गएको पाइन्छ । यस्ता विविध कुराहरु बाट टाढा रहने र चिकित्सक को परामर्श लिने हो भने मानसिक समस्याबाट बच्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com