सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड र भिसा नदिने नियम फरबरी २४ पछि, नयाँ फर्म जारी गरिदै


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

सरकारी सुविधा लिनेलाई ग्रिनकार्डमा कडाई गर्ने ट्रम्प प्रशासनको पब्लिक चार्जको नियम कार्यान्वयनका लागि सर्बोच्च अदालतले बाटो खोलिदिएपछि युएससीआईएसले आगामी फरबरी २४ बाट यो नियम लागु गर्ने घोषणा गरेको छ । यो नियम लागु भइसकेपछि अमेरिकामा खाद्य, स्वास्थ्य र आवास लगायतका क्षेत्रमा सरकारी सुविधा खाने सम्भावना हुनेहरुलाई ग्रिनकार्ड र भिसा अस्वीकार गर्न सकिने भएको छ ।

नयाँ नियम अनुशार अमेरिकी सरकारले ग्रिनकार्ड जारी गर्नु अगाडि सरकारी सुविधा खाने सम्भावना भए नभएकोबारे निर्धारण गर्ने भएको छ । आवेदकको उमेर, स्वास्थ्य, आम्दानी, शिक्षा, दक्षता लगायतका विभिन्न अवस्थाको आधारमा सरकारी सुविधा लिने सम्भावना भए नभएको निर्धारण गरिने अमेरिकी सरकारले जनाएको छ ।

पब्लिक चार्ज सम्बन्धि नियम गत अगस्तमा जारी गरिएको थियो भने अक्टोबरबाट लागु गर्ने योजना बनाइएको थियो । लगत्तै यो नियमबिरुद्ध अदालतमा मुद्दा परेपछि कार्यान्वयनमा अवरोध उत्पन्न भएको थियो । तर सर्बोच्च अदालतले आदेश दिएपछि अब नियम कार्यान्वयनका लागि सरकारलाई बाटो खुलेको छ ।

यो नियमले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भविश्यमा सरकारी सुविधा लिने सम्भावना भएकाहरुको निर्धारण कसरी गर्ने भन्ने सन्दर्भमा तरिकाहरु स्पष्ट पारेको छ । साथै युएससीआईएसले ग्रिनकार्ड जारी गर्नु अगाडि यदि व्यक्तिले सरकारी सुविधा लिने सम्भावना भएमा त्यस्ता व्यक्तिको लागि धरौटी राख्नुपर्ने व्यवस्था समेत नियममा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो नियम इलिनोय राज्यका सन्दर्भमा भने तत्काल लागु नहुने भएको छ । जनवरी ३० सम्मका लागि इलिनोय राज्यमा संघीय अदालतले दिएको आदेश प्रभावमा रहेका कारण त्यहाँ भने यो नियम कार्यान्वय तत्काल नहुने भएको छ । इलिनोयबाहेक ४९ राज्यमा फरबरी २४ मा नियम कार्यान्वयन हुनेछ ।

युएससीआईएसले यसबारेमा फरबरी ३ सम्म विभिन्न अपडेट र फर्महरु जारी गर्ने तयारी गरेको छ । फरबरी २४ पछि इलिनोयबाहेक अन्य राज्यमा पुराना फर्महरु समेत अस्वीकार गरिने युएससीआईएसले जनाएको छ । तर पुराना फर्महरु फरबरी २४ सम्म भने प्रयोग गर्न सकिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com