युएससीआईएसबाट बायोमेट्रिक संकलनबारे नयाँ नीति जारी


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

युएससीआईएसले बायोमेट्रिक संकलनबारे नयाँ नीति जारी गरेको छ । युएससीआईएसमा ग्रिनकार्ड लगायतका अध्यागमनसँग सम्बन्धित प्राय आवेदनका सन्दर्भमा बायोमेट्रिक दिनुपर्ने प्रावधान रहेको छ ।

युएससीआईएसले उक्त बायोमेट्रिक विवरण आवेदकको परिचय प्रमाणिकरणदेखि आपराधिक र राष्ट्रिय सुरक्षा पृष्ठभूमि परीक्षणका लागि समेत प्रयोग गर्दै आएको छ । युएससीआईएसले मोबाइल बायोमेट्रिक सेवा औंठाछाप सुविधाका सन्दर्भमा नयाँ नीति जारी गरेको हो ।

नयाँ नीति अनुशार जेलभित्र रहेकाकारण बायोमेट्रिक अप्वाइन्टमेन्टमा आउन नसक्नेहरुका लागि युएससीआईएसले जेलमै गएर बायोमेट्रिक लिन बन्द गर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट संचालित बाहेकका जेलमा रहेकाहरुका सन्दर्भमा यो नीति लागु हुनेछ । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत संचालित जेलमा रहेका व्यक्ति बायोमेट्रिक अप्वाइन्टमेन्टमा आउन नसक्ने भएमा भने आइसमार्फत बायोमेट्रिक संकलन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै युएससीआईएसले अपांगता वा अन्य कुनै अस्वस्थताका कारण बायोमेट्रिक अप्वाइन्टमेन्टमा आउन नसक्नेहरुका लागि समेत विशेष प्रवन्ध गर्दै आएको छ ।

युएससीआईएसले कुनै एउटा आवेदनसँग सम्बन्धित औठाछाप दिनु नपर्ने सुविधा अर्को आवेदनमा प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । कुनै स्वास्थ्य सम्बन्धि कारणले व्यक्तिले औठाछाप दिन नसक्ने अवस्था रहेको खण्डमा त्यस्ता व्यक्ति औठाछाप दिनु नपर्ने सुविधाका लागि योग्य हुनसक्ने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com