बाल्टिमोरमा तीन नेपालीलाई १ लाख डलरको लोटरी


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका तीन नेपाली युवाहरुले एकलाख अमेरिकी डलर झण्डै अर्थात १ करोड १४ लाख नेपाली रुपैयाको लोटरी जितेका छन् । उनीहरुले सयुक्त रुपमा लोटरी जितेको जनाइएको छ ।

स्क्रायच गरेर खेलिने उक्त लोटरी मेरिल्याण्ड राज्यको ग्लेनबर्नीमा बस्ने बाग्लुङ र पर्वतका युवाहरु डोलेन्द्र पौडेल , दिपक रिजाल र जीवन शर्माले जितेका हुन् ।

७ बर्ष अगाडी अमेरिका आएका उनीहरुले टाउसनमा रहेको ईजि कन्भिनिएन्स एण्ड डेलीमा उक्त चिठ्ठा किनेका थिए । जीवन शर्माले स्क्रायच गर्दा १ लाख डलर परेको थाहा पाएपछि पसल बाहिर प्रतिक्षा गरि रहेका डोलेन्द्र र दिपकलाई जानकारी दिउका थिए ।

तीनै जनाले चिट्ठा कार्यालयमा गएर दावी गरेपछि कर कटाएर जनही २२,१२६ डलर ५० सेन्ट प्राप्त गरेका छन् । उनीहरुले उक्त रकमले आफ्नो व्यवसायमा लगानी गर्ने बताएका छन् ।

चिट्ठा बेच्ने पसलले पनि १ हजार डलर प्राप्त गरेको जनाइएको छ । रकम लिन जाँदा उनीहरुले नेपाल भ्रमण बर्ष २०२० को टिसर्ट लगाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com