कागजपत्रविहिनलाई काममा लगाउने कम्पनीलाई ३० लाख डलर जरिवाना


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

कागजपत्रविहिनलाई काममा लगाउने टेक्सासको एउटा कम्पनीलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ३० लाख डलर जरिवाना गराएको छ । नर्थ टेक्सास निर्माण कम्पनीले कागजपत्रविहिनलाई गैरकानुनी रुपमा काममा राखेको आइसले फेला पारेको थियो ।

कम्पनीका संचालकहरुले काजगपत्रविहिनलाई काममा राखेर गल्ती गरेको स्वीकार गरिसकेका छन् । यदि कम्पनीले जरिवाना तिर्न नसकेको खण्डमा तीनजना मुख्य दोषीले उक्त जरिवाना तिर्नुपर्ने भएको छ ।

उक्त रकम अमेरिकी सरकारको कोषमा जानेछ भने उक्त रकम अध्यागमन कानुन कार्यान्वयनका क्षेत्रमा खर्च गरिने भएको छ । अबदेखि कम्पनीले कुनै पनि व्यक्तिलाई काममा राख्नु अगाडि ई भेरिफाइ प्रयोग गर्ने सहमति जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छानविनका क्रममा उक्त कम्पनीले कम्तीमा पनि ४३ जना कागजपत्रविहिनलाई काममा राखेको पुष्टी भएको थियो । सन् २०१८ मामात्र आइसले नेब्रास्का र मिनासोटामा विभिन्न कार्यस्थलमा छापामारेर १३३ जनालाई पक्राउ गरेको थियो ।

आइसले सन् २०१९ मा २ लाख ६७ हजार २ सय ५८ जनालाई अमेरिकाबाट देशनिकाला गरिसकेको छ । देशनिकाला गरिएकाहरुमध्ये ९१ प्रतिशतको आपराधिक रेकर्ड रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com