गोली प्रहार गरी ३ जना गाँजा तस्कर पक्राउ


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

प्रहरीले गोली प्रहार गरी ३ जना गाँजा तस्करलाई पक्राउ गरेको छ । बुधबार बिहान १ बजे हेटौंडा- ११, थाना र्भयाङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सवारी चालक भारत मुजफ्फरपुरका अजय मल, सञ्जीव पासवान र जाहेरा खातुन छन् । महिलालाई बिरामी बनाएर र एकजना बिरामी कुरुवा बनेर उनीहरुले गाँजा तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त कारमाथि शंका लागेपछि प्रहरीले सुरुमा मकवानपुरको मनहरीमा नियन्त्रणमा लिन खोजेको थियो । तर, तीव्र गतिमा रहेको कारण प्रहरीले नियन्त्रणमा लिन सकेको थिएन् । लगत्तै हवाई फायर गर्दा पनि नियन्त्रणमा लिन नसकेपछि टायरमा गोली हानिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३२ किलो गाँजा बरामद भएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com