अमेरिकी अध्यागमन हिराशतमा बेलायती नागरिकको मृत्यु, यस्तो छ कारण


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

अमेरिकाको अध्यागमन हिराशतमा बेलायती नागरिकको मृत्यु भएको छ । फ्लोरिडाको हिराशतमा ३९ बर्षका बेलायती नागरिकको मृत्यु भएको हो । झुण्डिएका कारण अक्सिजनको कमी भएर उनको मृत्यु भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

बेलायती विदेश मन्त्रालयका प्रवक्ताले फ्लोरिडामा मृत्यु भएका बेलायती नागरिकको बारेमा अमेरिकी अधिकारीहरुसँग सम्पर्कमा रहेको बताएका छन् । उनकी पत्नीसँग पनि सम्पर्कको प्रयास भइरहेको जनाइएको छ ।

मृतकको नाम बेन जेम्स ओवेन रहेको जनाइएको छ । उनको मृत्यु फ्लोरिडाको बेकर काउन्टी डिटेन्सन सेन्टरमा भएको जनाइएको छ ।

ती बेलायती नागरिक गतबर्षको जुलाईमा भिजिटर भिसामा अमेरिका आएका थिए । उनीमाथि अरुलाई पिछा गरेको, अरुको आवागमन स्वतन्त्रतामाथि दख्खल दिएको, घरेलु आक्रमण गरेको लगायतका कैयन अभियोगमा गिरफ्तार गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२० सुरु भएयता अमेरिकी अध्यागमन हिराशतमा भएको यो पाँचौं मृत्यु हो । आर्थिक बर्ष २०१९ मा अमेरिकी अध्यागमन हिराशतमा ९ जनाको मृत्यु भएको थियो ।

आर्थिक बर्ष सन् २०१९ मा आइसले ५ लाख १० हजार ८ सय ५४ जनालाई हिराशतमा लिएको थियो । जुन अघिल्लो बर्षको तुलनामा निकै बढी हो । सन् २०१८ मा आइसले ३ लाख ९६ हजार ४ सय ४८ लाई हिराशतमा लिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com