प्रतिनिधी सभा बैठक : देउवाले उठाए प्रधानमन्त्रीको ‘धक्का’मा प्रश्न


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष-२०२० सुरुभएपछि धक्काको संकेत देखापरेको बताउँदै सावधानि अपनाउनु पर्ने बेला आएको बताएका छन् । प्रतिनीधि सभाको सभामुखमा अग्नीप्रसाद सापकोटा निर्वाचित भएपछि मँगलबार बसेको पहिलो बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । त्यसको सामना गर्नका लागि सरकारले तयारी थालेको उनले बताए । ‘नयाँ वर्ष-२०२० लाई हामिले नेपाल भ्रमण वर्षका रुपमा अगाडी सारेका छौं । यसमा सुरुमै हामीलाई केही धक्काको संकेतहरु प्राकृति हिसाबले देखा परेका छन् ।’–प्रधानमन्त्रीले अगाडी भने ‘जसलाई हामीले सावधानिपूर्वक सामना गर्नुपर्ने छ, सरकार त्यसको तयारीमा लागेको छ ।’

प्रधानमन्त्रीले धक्काको संकेत देखिएको भनेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रश्न उठाएका छन् । प्रधानमन्त्रीको संवोधनपछि बोलेका देउवाले प्रश्न गरे– ‘प्रधानमन्त्रीले धक्काको कुरा गर्नु भएको छ, के हो यो धक्का भन्ने ? नयाँ शब्द सुने मैले, कहाँबाट आउँछ नेपालमा धक्का ?’ नेपाललाई धक्का आएको कुरा आफूले पनि जान्न चाहेको बताउँदै उनले भने ‘ठूलो धक्का आउछ रे नेपालमा, हामीले पनि थाहा पाउनु पर्यो, हामी त सहयोग गर्न तयार छौं । कसले धक्का दिन सक्छ हामी पनि हेरौं ।’ उनले भने-धक्का कसले दिएको छ, प्रधानमन्त्री केही बोल्नु भएको छैन । लामो समयपछि सभामुख पाएपछि सुरु भएको प्रनिधिसभाको बैठकमा बोल्दै नेकपाको संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री ओलीले मुलुकलाई तीव्र गतिमा अगाडी बढाउनु पर्नेमा केही विलम्ब भएको स्वीकार गरेका छन् ।

आर्थिक विकास र परिवर्तनमा विश्व तीव्र गतिले अगाडी बढेको बताउँदै प्रधानमन्त्रीले सो गतिलाई समाउन सक्नु पर्ने बताए । सभामुख चयनमा समेत विलम्ब भएको स्वीकार गर्दै उनले अब तीव्र गतिमा अगाडी बढ्नु पर्ने कुरालाई जोड दिए । पछिल्लो समय चर्चामा रहेका एमसीसी सम्झौता पारित गर्नुपर्ने बताउँदै उनले त्यसको प्रतिक्षामा रहेको उल्लेख गरे । केही दिनमा सरकारले आर्थिक विकास र लक्ष्य हासिल गर्नका लागि तय गरेका योजनाहरुबारे दृष्टिकोण सार्वजनिक गर्ने जानकारी गराए । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति देउवाले पनि एमसीसी नेपालको हितमा रहेको बताउँदै पारित गर्नु पर्नेमा जोड दिए । सभामुखमा निर्वाचित सापकोटालाई बधाई दिँदै उनले तटस्ठ रहेर प्रतिपक्ष दललाई विश्वासमा लिएर अगाडी बढ्न आग्रह गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com