एनआरएन नागरिकताबारेको कानुन आउन ढिलो भएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

प्रधानमन्त्री के.पी. शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गर्नुभएको भेटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको र त्यसलाई छिट्टै टुंगो लगाइने आश्वासन दिनुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीसमक्ष दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलन, गैरआवासीय नेपालीले नेपालमा गर्ने १० अर्ब रुपियाँकोे सामूहिक लगानी कोषको तयारी लगायतका विषयमा अध्यक्ष पन्तले जानकारी गराउनुभएको थियो ।

‘नागरिकता ऐन बन्दैमा यो एजेण्डा सकिदैन’ : कुमार पन्त, अध्यक्ष, गैर आवासीय नेपाली संघ

करिब एक घण्टाको भेटमा गैरआवासीय नेपाली समुदायको चासो र सरोकारका विषयमा विस्तारमा छलफल भएको एनआरएनए अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । पन्तका अनुशार गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन संसदबाट पारित गर्न भइरहेको ढिलाइप्रति उहाँको ध्यानाकर्षण गराइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञानसीप सम्मेलन तथा गैरआवासीय नेपालीको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि छलफल भएको जनाइएको छ । एनआरएनका चासो र सरोकारप्रति प्रधानमन्त्रीले आफू सकारात्मक रहेको बताउनुभएको छ ।

वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति प्रधानमन्त्रीको विशेष चासो रहेको र त्यसमा नीतिगत सहजताका निम्ति सघाउने वचन दिनुभएको अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com