सरकारी सुविधा लिने सम्भावना भएकालाई ग्रिनकार्ड अस्वीकार गर्ने नियम सर्बोच्चबाट सदर


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

अमेरिकामा सरकारी सुविधा लिने सम्भावना भएकालाई ग्रिनकार्ड अस्वीकार गर्न सकिने ट्रम्प प्रशासनको नियमलाई सर्बोच्च अदालतले सदर गरेको छ । सर्बोच्च अदालतका ९ न्यायाधिसमध्ये ५ जना न्यायाधिस ट्रम्प प्रशासनको नियमको पक्षमा देखिएपछि अब यो नियम लागु हुने भएको छ ।

सर्बोच्च अदालतले आज सोमबार जारी गरेको आदेशले अमेरिकामा गास, बास र स्वास्थ्य सुविधाका लागि सरकारी सुविधा लिने सम्भावना भएकाहरुहरुलाई ग्रिनकार्ड अस्वीकार गर्न सक्ने नियमको कार्यान्वयनका लागि सरकारलाई बाटो खोलेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गत अगस्तमा पब्लिक चार्जको परिभाषालाई बृहत्तर बनाउँदै अमेरिकामा आएर सरकारी सुविधा लिने सम्भावना हुनेलाई भिसा अस्वीकार गर्न सकिने नियम घोषणा गरेको थियो ।

मेडिकेड, पोषण कार्यक्रम अन्तरगतको सुविधा र संघीय आवास सुविधा लिने सम्भावना हुनेहरुमाथि पनि यो नियम लागु हुने भएको छ । यसबाट डिभी लोटरीमा अमेरिका आउन चाहनेहरुदेखि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डमा अमेरिका आउन चाहनेहरु समेत प्रभावित हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनको यो नियम कार्यान्वयनमा रोक लगाउन विभिन्न राज्यमा रहेका अदालतहरुमा मुद्दा दायर भएका थिए । न्युयोर्कका संघीय न्यायाधिसले आदेश जारी गर्दै यो नियम कार्यान्वयनमा रोक लगाएका थिए ।

तर अब भने नियम कार्यान्वयनका लागि अमेरिकी सरकारलाई बाटो खुलेको छ । सर्वोच्च अदालतको आदेशपछि अमेरिकी सरकारले यसबारे नयाँ सुचना जारी गर्ने अपेक्षा समेत गरिएको छ ।

 

यदि कुनै आप्रवासीले तीनबर्षको अवधिमा एकबर्षसम्म मेडिकेड, फुड स्ट्याम्प वा कुनै आवास सुविधा लिएको भएमा त्यसलाई पब्लिक चार्जका रुपमा लिने नियम ट्रम्प प्रशासनले ल्याएको थियो । यो नियमका कारण केही आप्रवासीहरुलाई अमेरिकी ग्रिनकार्ड लिन र अमेरिकामा स्थायी रुपमा बस्नका लागि कठिनायी उत्पन्न गर्ने देखिन्छ ।

यो नियम अक्टोबर १८ देखि कार्यान्वयनमा आउन लागेको थियो । तर कार्यान्वयनमा आउनु अगाडि नै विभिन्न अदालतमा कानुनी चुनौतीको सामना गर्नुपरेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com