माल्टामा नेपाली जनसम्पर्क समिती बिस्तार, सन्देश केसी संयोजक


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिती माल्टामा  बिस्तार भएको छ । नेपाली जनसम्पर्क समिती विश्वका विभिन्न देशमा सकृय रहदै आएकोमा माल्टामा पनि बिस्तार गरिएको हो ।

सन्देश केसी संयोजक रहेको नेपाली जनसम्पर्क समिती माल्टामा १५ सदस्यिय तदर्थ समिती बनाइएको छ । जसमा उप संयोजक रेमलाल खनाल रहेका छन् ।

तदर्थ समितिका महामन्त्री उज्वल केसी, सह महामन्त्री निरज ढकाल, सब महामन्त्री प्रकाश भन्डारी , कोषाध्यक्ष शंकर खत्री, प्रवक्ता विकेस घिमिरे रहेका छन् । सदस्यहरुमा रोशन गिरी, प्रकाश थापा, दिपक पोख्रेल आकाश गुरुंग, राजेश पंगेनी र सफल खरेल चयन भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म विश्वका झण्डै तीन दर्जन देशहरुमा नेपाली जनसम्पर्क समितीहरु कृयाशिल रहेका छन् । तर नेपाली काँग्रेसले विदेशको नागरिकता लिएको व्यक्ति पार्टीको कृयाशिल सदस्य हुन नसक्ने वैधानिक प्रावधान बनाएपछि कतिपयदेशमा जनसम्पर्कसमितिका अधिवेशन हुन पाएका छैनन् ।

नेपाली काँग्रेसको नयाँ विधानको १२ नम्बर बुँदाको ख मा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेको १ बर्ष पुगेको विदेशमा बसेको नेपाली नागरिकले नेपाली काँग्र्रेसको कृयाशिल सदस्यता प्राप्त गर्नका लागि सम्बन्धित देशको जनसम्पर्क समितिमा तोकिएबमोजिम आवेदन गर्न सक्ने तर त्यसका लागि नेपाली नागरिकता र नेपाली राहदानीको प्रमाणित प्रतिलिपी पठाउनुपर्ने व्यवस्था गरेको छ ।

यसर्थ जनसम्पर्क समितिको कार्यसमितिमा आउनका लागि नेपाली काँगेसको कृयाशिल सदस्य हुनुपर्ने प्रावधान रहेका कारण विदेशको नागरिकता लिएका र जनसम्पर्क समितिको कार्यसमितिमा आउन चाहनेमाथि बन्देज लागेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com