प्राशाको निधनको बार्षिक पुण्यतीथिमा न्युयोर्कमा श्रद्धाञ्जली कार्यक्रम


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

फोक्सो फेरेपछि अंगदान अभियानमा सकृय प्राशाको निधन भएको बार्षिक पुण्यतीथिमा आज श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । आज बेलुका साढे ५ बजेदेखि साढे ९ बजेसम्म न्युयोर्क उडसाइडमा रहेको सुम्निमा किचनमा बार्षिक पुण्यतीथिका अवशरमा कार्यक्रम गर्न लागिएको उनका पिता प्रकाश धर तुलाधरले जानकारी दिएका छन् ।

श्रद्धाञ्जली कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गरिएको छ ।

बिरामी हुनु अगाडि प्राशा तुलाधर

सन् २०१६ को फरबरी ९ मा न्युयोर्कमा फोक्सो फेरेर पुनर्जीवन प्राप्त गरेकी प्राशाको गतबर्ष निधन भएको थियो । फोक्सोमा इन्फेक्सन भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा उनको फोक्सो र मृगौलाले समेत काम गर्न छाडेको थियो ।

सन् २०१६ को फरबरीमा फोक्सो प्रत्यारोपणपछि तीनमहिना उपचार गरेर घर फर्किएकी प्राशा त्यसपछि अंगदान अभियानमा सकृय भएकी थिइन् । अंगदान र स्क्लेरोडोर्मा रोगका बारेमा जनचेतना जगाउने क्रममा प्राशा सन् २०१८ मा न्युयोर्क राज्यका सांसदहरुलाई भेट्न उनका पतिसहित क्यापिटल हिल समेत पुगेकी थिइन् ।

प्राशाको उपचारका लागि अमेरिकामा रहेको नेपाली समुदायले ठूलो सहयोग गरेको थियो । तर उनलाई दुईबर्षभन्दा धेरै बचाउन भने सकिएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com