अमेरिकामा बच्चा जन्माउन आउने गर्भवती महिलालाई भिसा रोक्ने नियमको घोषणा


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

अमेरिकी सरकारले अमेरिकामा बच्चा जन्माउन आउने गर्भवती महिलालाई भिसा रोक्ने नियमको घोषणा गरेको छ । शुक्रबारदेखि लागु हुने नयाँ नियम अनुशार गर्भवती महिलाहरुलाई अमेरिकाको भिजिटर भिसा पाउन मुस्किल हुनेछ ।

नयाँ नियम बुधबार विश्वभरका दूतावासहरुमा पठाइसकिएको छ भने बच्चा जन्माउनका लागि अमेरिका आउनेहरुकालागि अमेरिकी विदेशमन्त्रालयले अब भिजिटर भिसा जारी नगर्ने ह्वाइट हाउसले घोषणा गरेको छ । यद्यपी कन्सुलर अधिकारीहरुले भिसा आवेदकलाई सिधै गर्भवती भए नभएकोबारे भने सोध्न पाउने छैनन् ।

नियमको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।

भिसा आवेदक गर्भवती भएको र अमेरिकामा बच्चा जन्माउनको लागि आउन लागेको सन्दर्भमा निश्चित प्रकारका कारण आफूसँग नभएसम्म कन्सुलर अधिकारीहरुले आवेदकलाई गर्भवती भए नभएको सोध्न नहुने र भिसा नोटमा त्यस्तो कुनै कारण समावेश गर्नुपर्ने दूतावासहरुलाई पठाइएको निर्देशनमा उल्लेख छ । अर्थात् भिसा अस्वीकृत भएको खण्डमा भिसा अस्वीकार गर्ने अधिकारीले त्यसको कारणबारे भिसा नोटमा उल्लेख गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा अधिकारीहरुलाई दिइएको निर्देशनमा भनिएको छ – ‘तपाईंले सबै महिला आवेदकहरूलाई तिनीहरू गर्भवती भएको वा हुन चाहेको विषयमा कुनै प्रश्न सोध्नु हुँदैन ।’

तर उपयुक्त कारण भएको खण्डमा भने भिसा अधिकारीलाई यस्तो प्रश्न गर्न छुट दिइएको छ । यदि कुनै आवेदक अमेरिकामा बच्चा जन्माउने उद्देश्यलेमात्र आउन लागेको पुष्टी भएमा त्यस्ता आवेदकको भिसा अस्वीकार हुनेछ । यो नियम बी भिसाका सन्दर्भमामात्र लागु हुनेछ ।

विगत केही बर्षमा बर्षेनी १० हजारभन्दा धेरै पर्यटक अमेरिकामा बच्चा जन्माउन आउने गरेको एउटा रिपोर्टले देखाएको थियो । सन् २०१५ मा त अमेरिकामा बच्चा जन्माउन आउनेहरुलाई प्याकेजमा उपलब्ध गराइने होटल र अपार्टमेन्टमा समेत छापा मारिएको थियो ।

अमेरिकामा जन्मने जो कोहीपनि अमेरिकी नागरिक हुने प्रावधानका कारण यो प्रावधानका बिरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलाबेलामा बोल्दै आएका छन् । संविधान अन्तरगत नै यो प्रावधान रहेकाले तत्काल अन्त्य गर्न असम्भव भएकाले यसका नियमहरु कडाई गरिएको हो ।

सन् २०१२ को एउटा तथ्यांक अनुशार ३६ हजार विदेशी नागरिकले अमेरिकामा बच्चा जन्माएपछि अमेरिका छाडेर गएका थिए । अमेरिकालाई बच्चा जन्माउने पर्यटकीय गन्तब्य बनाउनबाट रोक्न नयाँ नियम ल्याइएको अमेरिकी विदेशमन्त्रालयका एकजना प्रवक्ताले बताएका छन् ।

हालै बच्चाको अमेरिकी नागरिकताका लागि अमेरिकी भूमि साइपनमा बच्चा जन्माउन आउन लागेको आशंकामा एकजना पर्यटकलाई विमान चढ्नु अगाडि विमानस्थलमा गर्भवती भए नभएको जाँच गरिएको थियो । पछि एयरलाइन्सले यसबारे माफी माग्दै गर्भवति भए नभएको चेक गर्ने प्रणाली नै खारेज गरिएको जनाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com