अमेरिकामा गर्भवती महिलालाई भिसामा कडाई गरिदै, नियम बिहिबार प्रकाशित हुने


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

सन्तानको अमेरिकी नागरिकता प्राप्तीका लागि अमेरिकामा भिजिटर भिसामा आएर बच्चा जन्माउने क्रम बढेको भन्दै अमेरिकी सरकारले गर्भवती महिलालाई अमेरिकाको भिसामा कडाई गर्ने तयारी गरेको छ । अमेरिकी सरकारको विदेशमन्त्रालयले बिहिबार यस्तो नियम प्रकाशित गर्ने तयारी गरेको एसोसिएटेड प्रेसले दावी गरेको छ ।

नयाँ नियमपछि गर्भवति महिलालाई भिजिटर भिसामा अमेरिकाको यात्रा गर्न मुस्किल हुने जनाइएको छ । यदि गर्भवति महिलाले अमेरिकाको भिजिटर भिसाको लागि आवेदन दिएमा अमेरिका आउनुको उपयुक्त कारणबारे कन्सुलर अफिसरहरुलाई मनाउन सक्नुपर्नेछ ।

अमेरिकामा जन्मने जो कोहीपनि अमेरिकी नागरिक हुने प्रावधानका कारण यो प्रावधानका अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलाबेलामा बोल्दै आएका छन् । संविधान अन्तरगत नै यो प्रावधान रहेकाले तत्काल अन्त्य गर्न असम्भव भएकाले यसका नियमहरु कडाई गर्ने तयारी गरिएको हो ।

अहिलेसम्म कन्सुलर अफिसरहरुलाई भिसा अन्तरवार्ताको बेलामा आवेदक गर्भवति भए नभएकोबारे सोध्न भनिएको छैन । तर उनीहरुले आवेदक बच्चा जन्माउनकै लागि अमेरिका आउन लागेको हो वा अन्य कुनै कारणले आउन लागेको हो भन्ने कुराको निर्धारण गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा अहिलेसम्म कति महिलाहरु बच्चा जन्माउनकै लागि आउने गरेका छन् भन्ने कुनै तथ्यांक छैन । तर सन् २०१२ को तथ्यांक अनुशार ३६ हजार विदेशी नागरिकले अमेरिकामा बच्चा जन्माएपछि अमेरिका छाडेर गएका थिए । अमेरिकालाई बच्चा जन्माउने पर्यटकीय गन्तब्य बनाउनबाट रोक्न नयाँ नियम ल्याउन लागिएको अमेरिकी विदेशमन्त्रालयका एकजना प्रवक्ताले बताएका छन् ।

हालै बच्चाको अमेरिकी नागरिकताका लागि अमेरिकी भूमि साइपनमा बच्चा जन्माउन आउन लागेको आशंकामा एकजना पर्यटकलाई विमान चढ्नु अगाडि विमानस्थलमा गर्भवती भए नभएको जाँच गरिएको थियो । पछि एयरलाइन्सले यसबारे माफी माग्दै गर्भवति भए नभएको चेक गर्ने प्रणाली नै खारेज गरिएको जनाएको थियो । हङकङबाट अमेरिकी आइल्याण्ड साइपन आउँदैगरेकी २५ बर्षकी जापानी युवतीको विमानस्थलमा गर्भजाँच गरिएको थियो ।

अमेरिकी आइल्याण्ड साइपनमा जन्मिने बच्चा अमेरिकी नागरिक हुन पाउने प्रावधान भएका कारण ती जापानी युवती पनि बच्चा जन्माउन आउन लागेको हुनसक्ने आशंका गर्दै गर्भजाँच गरिएको थियो । तर उनी आफ्ना बाबुआमालाई भेट्न साइपन आउन लागेकी थिइन् ।

मिदोरी निसिदा नामकी युवतीलाई सुरुमा केही प्रश्नावलीहरु दिएर जवाफ दिन भनिएको थियो, जसमा गर्भवती भए नभएकोबारेको पनि प्रश्न रहेको थियो । पछि हङकङ एक्सप्रेस एवरवेजका कर्मचारीले उनलाई रयाण्डम फिट टु फ्लाईका लागि परीक्षण गर्न छानिएको बताएका थिए ।

त्यसपछि उनलाई ट्वाइलेटमा लगेर गर्भवती भए नभएको जाँच गर्ने एउटा फित्तामा पिसाव फेर्न लगाइएको थियो । साइपनले पर्यटकहरु आएर अमेरिकी नागरिकताका लागि बच्चा जन्माउने विषयमा कडाई गरेका कारण साइपनको चासोलाई सम्बोधन गर्न एयरलाइन्सले यसो गरेको जनाइएको थियो ।

सन् २०१८ मा नर्दन मेरियाना आइल्याण्डमा त्यहाँका बासिन्दालेभन्दा धेरै विदेशी पर्यटकहरुले बच्चा जन्माएका थिए । साइपन उक्त आइल्याण्डको सबैभन्दा ठूलो आइल्याण्ड हो । यो आइल्याण्ड पछिल्लो बर्षमा कैयन पर्यटकका लागि बच्चा जन्माउने गन्तब्य बनेको छ ।

गर्भवती पर्यटकहरुलाई अमेरिका र अमेरिकी भूभागमा यात्रा गर्नका लागि प्रतिबन्ध लगाइएको छैन । तर अधिकारीहरुले यदि यात्रा गर्नुको उद्देश्यबारे झुठो बोलेको पाएमा त्यस्ता व्यक्तिलाई विमानस्थलबाटै फर्काउन समेत सक्ने प्रावधान छ ।

त्यस्तै बच्चा जन्माउने लगायतका मेडिकल प्रकृयाका लागि तिर्न प्रयाप्त रकम भएको प्रमाणित गर्न नसक्नेहरुलाई समेत विमानस्थलबाट फर्काउन सक्छन् ।

जापानी युवतीले यस्तो परीक्षण अनिवार्य छ भनेर प्रश्न समेत गरेकी थिइन् । जवाफमा एयरलाइन्सका कर्मचारीहरुले यस्तो परीक्षण अनिवार्य नभएको तर परीक्षण नगरे विमानमा चढ्न नदिइने बताएका थिए । त्यसपछि उनले बाध्य भएर परीक्षणका लागि अनुमति दिएकी थिइन् ।

परीक्षणका क्रममा गर्भवती नभएको पाइएपछि उनलाई विमान चढ्न दिइएको थियो ।

सन् २००९ यता साइपन समेत रहेको नर्दन मेरियाना आइल्याण्डमा चिनिया पर्यटकहरुलेमात्र ३०२३ बच्चा जन्माएका छन् । गतबर्ष पर्यटकहरुले त्यहाँ ५८२ बच्चा जन्माएका थिए, जब कि गतबर्ष त्यहीका बासिन्दाले जम्मा ४९२ बच्चा जन्माएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com