दामनको रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टको कोठा नम्बर १०१ मा बेहोस अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउने वित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा ३९ वर्षीय प्रविन कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया शरजया नायर, ४ वर्षीया छोरी भद्र, ६ वर्षीया अर्की छोरी अर्चा र छोरा अभिनव रहेका छन् । त्यसैगरी अर्को परिवारका ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३१ वर्षीया इन्दु रञ्जित, दुई वर्षीय छोरा वैष्णभ रहेको प्रहरीले जनाएको छ । झ्याल ढोका बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर बेहोस भएका उनीहरूको राती नै मृत्यु भएको हुनसक्ने प्रहरी अनुसन्धानले जनाएको छ ।

महाराजगञ्ज प्रहरी विटका डिएसपी उमेश लम्सालका अनुसार अहिले उनीहरूको मुचुल्का उठाउने र परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com