सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकमा पार्टीका नेतृत्वले सभामुख पदको लागि उम्मेदवारी नदिने पार्टी प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

यसअघि सभामुख पदको लागि पुष्पा भुसालको नाम चर्चामा रहेको थियो । यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com