फरबरीमा ग्रिनकार्डवाहकलाई पारिवारिक ग्रिनकार्ड फाइलमा अमेरिकी नागरिकसरह सुविधा


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर नपुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि फरबरी महिनामा पनि मौका आएको छ । फरबरीमा महिनामा दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदन दिन चाहनेहरुले एकसाथ आई ४८५ आवेदन समेत दिनसक्ने भएका छन् । जुन सुविधा अमेरिकी नागरिकलाईमात्र रहदै आएको छ ।

७ महिनादेखि पाउँदै आएको यो सुविधा फरबरीमा पनि ग्रिनकार्डवाहकका लागि समेत जारी भएको छ ।

जुलाईदेखि नै परिवारमा आधारित उक्त श्रेणीको ग्रिनकार्डका लागि आवेदन मिति सबैका लागि करेन्ट हुँदै आएको छ । अमेरिकामा नै विवाह गरेर आफ्ना दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न चाहने ग्रिनकार्डवाहकका लागि समेत यसलाई सुनौलो मौका भनिएको छ ।

आई १३० आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेकाहरुले पनि अमेरिकामा नै रहेका दम्पत्ति र छोराछोरीका लागि आई ४८५ ग्रिनकार्ड आवेदन दिएर वर्क परमिट र एड्भान्स परोल समेत प्राप्त गर्न सक्नेछन् । साथै उनीहरुलाई भिसा जोगाइराख्ने झन्झट पनि हुनेछैन ।

तर अमेरिकाबाहिर दम्पत्ति र छोराछोरी हुनेहरुका सन्दर्भमा भने आवेदकले कुनै आवेदन फाइल गर्न जरुरत छैन । आई १३० स्वीकृत भएर आवेदन नेशनल भिसा सेन्टरमा गइसकेकाहरुले भने दूतावासमा छिटो अन्तरवार्ता प्राप्त गर्नसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com