अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन गरिदै, डिसेम्बरपछि आवेदन दिनेहरु प्रभावित


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन गर्न लागेको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तनको तयारी गरेको हो ।

गत मे महिनामा युएससीआईएसका निर्देशकले नागरिकताका लागि लिइने परीक्षामा पुनरावलोकनको एउटा मेमोमा हस्ताक्षर गरेका थिए । सम्भावित नयाँ नागरिकहरुलाई अमेरिकी नागरिकताको अर्थ बुझाउन परीक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले जनाएका छन् ।

सन् २०१८ को डिसेम्बरमा युएससीआईएसले अमेरिकी परीक्षा पुनरावलोकन समुह बनाएको थियो । उक्त समुहले अहिले नागरिकताका लागि सोधिने प्रश्नहरुको पुनरावलोकन गरिरहेको युएससीआईएसले जनाएको छ । नागरिकताको परीक्षामा अँग्रेजी बोल्ने परीक्षणको पनि पुनरावलोकन भइरहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ परीक्षा प्रणाली सन् २०२० को डिसेम्बरसम्म लागु गरिने युएससीआईएसले लक्ष्य लिएको छ । अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँगे्रजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी नागरिकताका लागि विभिन्न १ सय वटा प्रश्नहरुमध्ये अन्तरवार्ताका क्रममा १० वटा प्रश्नहरु सोधिन्छ । जसमध्ये आवेदकले ६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने हुन्छ । अमेरिकी सरकार, अमेरिकाको इतिहास र भुगोल, बिदा लगायतका अमेरिकाकाबारेमा प्रश्नहरु तयार गरिएको हुन्छ । सन् २००८ मा प्रश्नावलीको अन्तिमपटक पुनरावलोकन गरिएको थियो ।

अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com