इरानलाई सहयोग र समर्थन गर्नेहरुलाई अमेरिकामा प्रवेश निषेध गर्न कार्यकारी आदेश


प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार

इरानका केही उद्योगधन्दासँग सम्बन्धितलाई अमेरिकामा प्रवेश निषेध गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरेका छन् । मंगलबार जारी कार्यकारी आदेशमा इरानलाई विश्वको सबैभन्दा ठूलो आतंकवादको प्रायोजक भएको आरोप लगाइएको छ ।

इरानको अर्थतन्त्रमा योगदान दिनेगरी निर्माण, उत्पादन, टेक्सटाइल, खानी लगायतका क्षेत्रमा काम गर्ने उद्योगधन्दा चलाउनेहरुलाई अमेरिकामा प्रवेश निषेध गरिएको छ । त्यस्तै इरानमा सामान निर्यात गर्नेहरुलाई समेत अमेरिकामा प्रवेश निषेध गरिएको छ ।

आर्थिक वा अन्य कुनै पनि किसिमले प्राविधिक सेवा वा सहयोग गर्नेहरुमाथि पनि यस्तो प्रतिबन्ध लाग्नेछ । इरानको सरकारलाई गरेको सहयोग भन्नाले इरानको सरकारका कुनै राजनीतिक अंगहरु, एजेन्सी लगायत त्यहाँको केन्द्रीय बैंकसमेतलाई जनाउनेछ ।

अमेरिका र इराकबीच बढेको पछिल्लो तनावकै बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कार्यकारी आदेश आएको हो । यो कार्यकारी आदेशले इरानको समर्थन गर्ने अन्य देशका व्यक्तिलाई समेत असर गर्ने विश्लेषण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानका सैन्य अधिकारीको अमेरिकी कारवाहीमा मृत्यु भएपछि दुईदेशबीचको तनाव उत्कर्षमा पुगेको छ । यसैबीचमा इरानले गल्तीवश यात्रुबाहक विमानमा रकेट हानेपछि इरानीहरु त्यहाँको सरकारको विपक्षमा प्रदर्शनमा उत्रिएका छन् ।

सरकार विरोधी प्रदर्शनहरुलाई अमेरिकाले भने नैतिक समर्थन गर्दैै आएको छ । अमेरिकी विदेशमन्त्री र विदेशमन्त्रालयले सरकार विरोधी आन्दोलनलाई जायज बताउँदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com