अमेरिकामा एसाइलम खोज्नेलाई होण्डुरस पठाउने दुईदेशबीच सहमति


प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार

अमेरिकामा एसाइलम खोज्ने तेश्रो मुलुकका नागरिकलाई होण्डुरस पठाउने सन्दर्भमा दुईदेशबीच सहमति कायम भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड वल्फको होण्डुरस भ्रमणको क्रममा दुईदेशबीच सहमति कायम भएको हो ।

यो सहमति छिट्टै लागु हुने जनाइएको छ । आगामी केही सातामा नै सहमति लागु हुने बताइएपनि मिति भने किटान गरिएको छैन । यसभन्दा अगाडि नै अमेरिकाले ग्वाटेमालासँग यस्तो सहमति कायम गरिसकेको छ । जस अनुशार नोभेम्बरदेखि होण्डुरस र एल साल्भाडोरका नागरिकलाई ग्वाटेमाला पठाउन सुरु गरिसकेको छ ।

यसैसाता अमेरिकाले एसाइलम खोज्ने मेक्सिकनहरुलाई समेत ग्वाटेमाला पठाउने योजना रहेको बताएको छ । तर ग्वाटेमालाका राष्ट्रपतिले भने मेक्सिकनहरुलाई आफ्नो देशमा लिने विषयमा अमेरिकासँग कुनै सहमति नभएको बताएका छन् ।

अहिलेसम्म अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्ने ९४ जनालाई अमेरिकाले ग्वाटेमाला पठाइसकेको छ । त्यसमध्ये जम्मा ६ जनालेमात्र ग्वाटेमालामा एसाइलम दावी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com