अमेरिकामा यो बर्षको ट्याक्स सिजन जनवरी २७ देखि, विद्युतीय फाइल गर्दा छिटो रिफण्ड
प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार
अमेरिकामा यो बर्षको ट्याक्स सिजन जनवरी २७ सोमबारदेखि सुरु हुने आईआरएसले घोषणा गरेको छ । आईआरएसले उक्त मितिदेखि विद्युतीय र कागजी ट्याक्स रिटर्न स्वीकार्न सुरु गर्नेछ ।
सन् २०२० को अप्रिल १५ बुधबारसम्म व्यक्तिगत ट्याक्स फाइल गर्न सकिनेछ । यो बर्ष आईआरएसले डेढसय मिलियनभन्दा धेरै व्यक्तिगत ट्याक्स रिर्टन स्वीकार गर्ने अनुमान गरिएको छ ।
कैयन सफट्वेयर कम्पनीहरु र ट्याक्स पेशाकर्मीहरुले जनवरी २७ अगाडि नै ट्याक्स फाइलका लागि ट्याक्स रिटर्न स्वीकार गर्न सक्छन् । तर त्यसको मतलब तपाईको ट्याक्स फाइल जनवरी २७ अगाडि नै फाइल हुने होइन, बरु उनीहरुले कागजात पहिले स्वीकार गरेर जनवरी २७ वा त्यो पछि फाइल गरिदिन्छन् ।
छिटो रिफण्ड प्राप्त गर्नका लागि विद्युतीय रुपमा ट्याक्स फाइल गर्न सुझाव दिइएको छ । आईआरएसले विद्युतीय रुपमा फाइल गर्न र बैंक एकाउन्टमा डाइरेक्ट डिपोजिट स्वीकार्न सुझाव दिएको छ ।
हामीले खसोखासमार्फत ट्याक्सबारेका टिप्सहरु दिइरहनेछौं, बेलाबेलामा वेवसाइट हेर्न नबिर्सनुहोला ।
नेपाली सीपीएमार्फत ट्याक्स फाइल गर्न यहाँ क्लिक गर्नुहोला ।