राष्ट्रसंघको कार्यक्रममा आउन इरानका विदेशमन्त्री सहितलाई अमेरिकाबाट भिसा अस्वीकार


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

Iranian Foreign Minister Mohammad Javad Zarif arrives ahead of a meeting of the Syria constitution-writing committee on October 29, 2019 at the United Nations Offices in Geneva. (Photo by FABRICE COFFRINI / AFP) (Photo by FABRICE COFFRINI/AFP via Getty Images)

राष्ट्रसंघको सुरक्षा परिषदमा सम्बोधनका लागि आउन लागेका इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफसहितलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनीहरु इराकमा अमेरिकी आक्रमणमा मारिएका इरानी सैन्य अधिकारीबारे राष्ट्रसंघमा सम्बोधन गर्न आउने योजनामा रहेका थिए ।

सन् १९४७ मा भएको राष्ट्रसंघ मुख्यालय सम्बन्धि एउटा सम्झौतामा राष्ट्रसंघका कार्यक्रममा भाग लिन आउनका लागि अमेरिकाले विदेशी अधिकारीहरुलाई भिसा दिनुपर्ने उल्लेख छ । तर अमेरिकाले उक्त सम्झौताको उल्लंघन गरेर इरानी कुटनीतिज्ञहरुलाई भिसा नदिएको जनाइएको छ ।

आगामी जनवरी ९ मा हुने सुरक्षा परिषदको बैठकमा भाग लिनका लागि इरानी विदेशमन्त्रीले अमेरिकी भिसाका लागि आवेदन दिएका थिए । बिहिबार हुने उक्त बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको आक्रमणबारे इरानी विदेशमन्त्रीलाई विश्व समुदायसमक्ष प्रत्यक्ष सम्बोधन गर्ने अवशर प्रदान गरिन लागेको थियो ।

ट्रम्प प्रशासनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई फोन गरेर इरानका विदेशमन्त्रीलाई अमेरिका प्रवेशका लागि भिसा दिन नसक्ने जानकारी गराइसकेकोछ । पछिल्लो समयमा इरान र अमेरिकाबीच बढेको तनावका कारण दुबै देशहरु जस्तालाई तस्तैको रणनीतिमा लागेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com