अमेरिकामा नयाँ श्रेणीमा ग्रिनकार्ड आवेदन लिने


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

अमेरिकामा युएससीआईएसले नयाँ श्रेणीमा ग्रिनकार्ड आवेदन लिने भएको छ । डिसेम्बर २० मा कानुनका रुपमा निर्माण भएको एलआरआईएफ अन्तरगत नयाँ श्रेणीमा ग्रिनकार्ड आवेदन लिइने भएको छ ।

यो श्रेणीमा ग्रिनकार्डका लागि योग्य हुनका लागि लाइबेरियाको नागरिक हुनुपर्छ । साथै अमेरिकामा सन् २०१४ को नोभेम्बर २० देखि भौतिक रुपमा बसोबास गरेको हुनुपर्छ ।

यो श्रेणीमा ग्रिनकार्डमा प्राप्त गर्नेहरुका सन्दर्भमा पब्लिक चार्जको नियम लागु नहुने जनाइएको छ । त्यस्तै लेबर सर्टिफिकेशनपनि नचाहिने भएको छ ।

तर अमेरिकामा कुनै अपराध गरेको र नैतिक आचरण खराब भएको व्यक्ति भने उक्त श्रेणीको ग्रिनकार्डका लागि योग्य हुनेछैन । युएससीआईएसले सन् २०२० को डिसेम्बर २० सम्म फाइल गरिएका आवेदनहरु स्वीकार गर्ने जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com