पर्यटकलाई बग्गीमा घुमाउने !


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा बजार परिक्रममा गराउने भएको हो ।

नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखहरुको बैठकबाट पश्चिमी सीमानाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

“नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवद्र्धनसँग मात्र नभएर देशको मानसम्मानसित जोडिएको छ । यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौँ”, नगर प्रमुख विष्टले भन्नुभयो, “भीमदत्तमा प्रमुख जिल्ला अधिकारीसहितको कार्यालय बैठकले उद्घाटनको दिन नाकाबाट आउने पहिलो पर्यटकलाई सम्मान गर्ने, बजार परिक्रमा गराउने निर्णय गरिएको छ । त्यो दिन पर्यटकको भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ ।”

नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय स्थानमा साङ्केतिक चिह्न राख्ने, प्रचारप्रसारका सामग्री वितरण गर्ने, खाली सरकारी जग्गामा वृक्षरोपण गर्ने, होटल सफासुग्घर र चिटिक्क बनाउनेलगायतका निर्णयसमेत गरेको छ । भ्रमण वर्षकै अवसरमा नगरपाकिाको ‘ग्रिन सिटी, क्लिन सिटी’ को नाराअनुसार खाली जग्गामा वृक्षरोपण गर्न लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्षका रूपमा मनाएको छ । पर्यटकीय स्थानसम्म पहुँच मार्ग निर्माण, होर्डिङ बोर्ड, रौटेलामा त्रिशूल स्थापना, गड्डाचौकीमा ७७ फिटको नेपाली राष्ट्रिय झण्डालगायतका कार्य गरिएका छन् ।

यसैगरी भीमदत्तनगर गड्डाचौकी सडकखण्ड चौडा बनाउन सडक डिभिजन कार्यालयसित पहल गरिएको छ । अहिले सडक चौडा गर्ने कार्य भइरहेको छ । नगर क्षेत्रका पर्यटकीय स्थानमा सरसफाइका लागि क्लिन काष्ठमण्डपका अभियानकर्मी केपी खनालको नेतृत्वमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

भीमदत्त नगर बजारलाई सफा र चिटिक्क बनाउन ठेला व्यवस्थापन गरिएको छ । बजार क्षेत्रमा सरसफाइका लागि अभियान सञ्चालन गरिनेछ । भीमदत्तमा भ्रमण वर्षका लागि सचिवालय व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । चुरे फेदका सबै धार्मिक तथा पर्यटकीयस्थल जोडिने गरी धार्मिक जैविक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । भ्रमण वर्षलाई मध्यनजर गरी पुस १५ गते जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

“पर्यटकीय स्थानको प्रचारप्रसार, पूर्वाधार निर्माण, अध्ययन अनुसन्धानलगायतका कार्य गरिएका छन्”, नगर प्रमुख विष्टले भन्नुभयो, “सबै क्षेत्रसित सहकार्य र साझेदारी गरी भ्रमण वर्ष मनाउन गइरहेका छौँ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com